शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कलेज पढ्ने युवा नक्कली नोटसहित पक्राउ, घरमै छाप्थे नक्कली नोट

शनिबार, १० साउन २०७७, १५ : ३६
शनिबार, १० साउन २०७७

काठमाडौं । अनलाइनमा बेच्न राखिएको स्मार्ट फोन किन्दा २२ वर्षीय प्रशान्त सिंह ठकुरी पक्राउ परे । सेन्ट जेभियर्स कलेजमा बीबीएस पढ्ने ठकुरी मोबाइल किनेकै भरमा पक्राउ परेका हैनन् । प्रशान्त पक्राउ पर्नुको कारण हो–‘नक्कली नोट कारोबार ।’ 

एकजनाले ‘भिभो–३’ मोबाइल बेच्न, विद्युतीय माध्यम अनलाइनमा सूचना पोष्ट गरे । त्यहाँ मोबाइलको फोटो पनि राखिएको थियो । किन्ने चाहने युवाले फोन गरे, स्वयम्भू हलचोकमा भेटेर मोबाइल किनबेच गर्ने कुरा भयो । २० हजार पाँच सयमा मोबाइल किन्ने बेच्ने सहमति भैसकेको थियो । 

बुधवार मोबाइल किन्ने युवा कार चढेर आए । हलचोकमा भेटेर मोबाइल लिए अनि, आफैंले पैसा गनेर मोबाइल बिक्रेतालाई दिए । खाममा हालेर बिक्रेतालाई पैसा दिने व्यक्ति हुन, मण्डिखाटार बस्ने प्रशान्त सिंह । उनी हाइप्रोफाइल परिवारका हुन् ।  

पछि, खामबाट पैसा झिकेर हेर्दा मोबाइल बेच्नेलाई नोटको गुणस्तरबारे शंका लाग्यो । उनले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा गएर नोट देखाए । नोट नक्कली रहेको खुल्यो । 

मोबाइल किनबेच गरेको केही बेरमै प्रशान्तलाई प्रहरीले पक्रियो । ‘१९ हजार नक्कली नोट सहित हामीले प्रशान्त सिंह ठकुरीलाई पक्रेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले भने–‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’ 

नेपालगञ्ज उप–महानगरपालिका–३ घरबारीटोल स्थायी घर भएका प्रशान्तले घरमै कलर प्रिन्टरबाट नक्कली नोट छापेको बताएका छन् । प्रशान्तले दिएको २० हजार ५ सय मध्ये १ हजार दरका १९ वटा नोट नक्कली रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप