शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दमौली पाटनमा भएको ग्याङफाइटमा दुई घाइते, १९ युवा पक्राउ

सोमबार, २६ भदौ २०७४, १३ : ४४
सोमबार, २६ भदौ २०७४

किरण श्रेष्ठ
तनहुँ । सदरमुकाम दमौली बजार नजिकै व्यास–५ पाटनमा शनिवार साँझ ग्याङफाइटमा संलग्न १९ जना युवालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ गर्नेहरुमा १६देखि १७ वर्षका युवाहरु रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

दुई समूह बीचको झडपमा परी घाइते हुनेमा व्यास–५ निवासी मनिष थापा र सनम राई रहेको प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिए ।  

घटना हुँदा हुँदै पुगेको प्रहरीले घटनास्थल बाट झण्डै दुई दर्जनलाई पक्रेको थियो । पक्राउ पर्नेहरुबाट एक थान खुकुरी र केही थान लाठी बरामद भएको छ । खुकुरीसहित पाटन प्रवेश गरेका ती युवाहरुले प्रहरी आएपछि केही हतियार नदीमा फालेको बताइएको छ ।

केही समयअघि पाटनका युवाले झापुटारका युवामाथि आक्रमण गरेपछि त्यसको प्रतिवाद गर्न गएका युवाहरुले केही स्थानीयमाथि कुटपिट गरेका थिए । त्यसलगत्तै प्रतिवाद भए पछि दोहोरो झडपको स्थिती आउन लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनालगत्तै पुगेको प्रहरीले संलग्न सबैलाई नियन्त्रणमा लिए पछि थप क्षति टरेको एक स्थानीयले बताए।              

यसरी पक्राउ पर्नेमा झापुटारका युवाहरु रहेको बताइएको छ । तीन जना प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ गरी घट्नामा संलग्न युवाहरु पक्राउ गरिएको तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले जानकारी दिए । 

घट्नामा घाइते भएका दुई युवाहरु अस्पतालमा उपचार पछि सम्पर्कमा आएको र पीडित नै जाहेरी दिन नआएकोले पक्राउ परेकाहरु प्रहरी नियन्त्रणमै राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप