शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘आर्थिक विकासका लागि गुणस्तरीय जनशक्ति’ विषयमा वेबिनार

डोल्मा कन्सल्टीङका जोसेफ सिल्भानस, अनिल शाह, शौरभ ज्योतिलगायतको विचार सुन्न सकिने
शुक्रबार, ०९ साउन २०७७, १९ : ४८
शुक्रबार, ०९ साउन २०७७

काठमाडौं । राष्ट्रको आर्थिक विकासमा गुणस्तरीय जनसक्तिको महत्वका विषयमा अल्फाबिटाले वेबिनार आयोजना गर्ने भएको छ । देश तथा विदेशका प्रतिष्ठित ब्यक्तिहरूको सहभागितामा अल्फाबिटाले आगामी १२ साउन (सोमवार) वेबिनारको आयोजना गर्ने भएको छ । 

राष्ट्रिय अर्थतन्त्रमा दक्ष जनशक्तिको महत्व कस्तो हुन्छ भन्ने बुझाउन र यसले राष्ट्रले अबलम्बन गर्ने नीतिमा समेत सकरात्मक प्रभाव पार्न सक्ने भएकाले वेबिनारको आयोजना गरिएको हो । देश तथा विदेशमा आर्थिक गतिविधिमा संलग्न अग्रणी र प्रतिष्ठित ब्यवसायीदेखि प्राज्ञिक ब्यक्तित्वसम्म सहभागि हुने भएकाले उनीहरूका विचार, विष्लेषण र अनुभवले हाम्रो मुलुको अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्न सक्ने अपेक्षा छ । 

वेबिनारमा अमेरिकाको क्यालीफोर्निया स्टेट युनिभर्सिटीका डा. जीत जोशी, अन्तर्राष्ट्रिय पुँजी सम्बन्धी परामर्श दिने संस्था डोल्मा कल्सल्टीङका प्रबन्ध निर्देशक जोसेफ सिल्भानस, नबिल बैंकका सिइओ अनिल केशरी शाह, ज्योति ग्रुपका निर्देशक शौरभ ज्योती वेबिनासमा सहभागि हुने कार्यक्रम छ । 

त्यसैगरी एमडीपी एण्ड कन्सल्टीङका अध्यक्ष डा. हरिशंकर श्याम, आइसिआरए नेपालका बिजनेस प्रमुख बर्शा श्रेष्ठ, ह्यूमन रिसोर्स सोसाइटीका अध्यक्ष मोहन ओझा र अल्फाबिटाका अध्यक्ष द्विराज शर्मा वेबिनारमा सहभागि भएर आफ्ना धारणा राख्नेछन् । 

कार्यक्रम १२ साउन बिहान ८ बजेदेखि सुरू हुनेछ । देशको आर्थिक गतिविधिमा चासो रहेका ब्यक्तिहरू जुम लिंकमार्फत वेबिनारमा जोडिन सक्नुहुनेछ । अल्फाबिटाको वेवसाइट, फेसबुक पेज र इन्स्टाग्राममा राखिएको लिंकमार्फत जोडिन सकिनेछ ।  

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप