बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साढे ५ लाख घुस रकमसहित वन कार्यालयका प्रमुख अख्तियारको नियन्त्रणमा

शुक्रबार, ०९ साउन २०७७, १७ : ३२
शुक्रबार, ०९ साउन २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय सुनसरीका प्रमुख रामबाबु साहलाई ५ लाख ५३ हजार नगदसहित पक्राउ गरेको छ । घुसबापत लिएको उक्त रकम लिएर सुनसरीबाट रौतहटतर्फ गइरहेका उनलाई इटहरीबाट खटिएको अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका अनुसार डिभिजन वन कार्यालयको बा २ झ ४१० नम्बरको सवारी साधानमा श्रीमतीसहित रौतहट गइरहेका उनले उक्त रकम सवारी साधनमा लुकाएको उजुरी परेपछि नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि थप अनुन्धान सुरु भएको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप