बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्यान्सरबाट बचिन् तर हृदयघातले लियो नायिकाको ज्यानः हुनेछैन अन्तिम संस्कार

सोमबार, २६ भदौ २०७४, ११ : ५८
सोमबार, २६ भदौ २०७४

बलिउडमा बिवी राधाको नामले चर्चित फिल्म नायिका विजय राधाको आइतबार निधन भयो । करिब ३ सय फिल्ममा काम गरिसकेकी कन्नड नायिका राधाको ७० को उमेरमा एक नीजि अस्पतालमा उपचार चलिरहेको थियो । यसैबिच उनको स्वास्थ्य खराब भयो र हृदयघातका कारण उनको निधन भयो । मृत्युपछि राधाको शवलाई उनको बेंगलुरुस्थित उनको घर लगियो ।

मेडिकल कलेजलाई दान दिइनेछ राधाको शवः

परिवार र आफन्तले अन्तिम पटक हेरेपछि राधाको शरिरलाई एक मेडिकल कलेजमा दान दिइनेछ ।

आफ्नो अन्तिम संस्कार नगरी शवलाई दान दिन उनले आफ्नो घर परिवारलाई बताएकी थिइन् ।

उनका श्रीमान् र फिल्म निर्माता केएसएल स्वामीको शव पनि मेडिकल कलेजलाई अनुसन्धानका लागि दान गरिएको थियो ।

क्यान्सरसँग पनि लडिसकेकी छिन् राधाः

रिपोर्टलाई मान्ने हो भने राधालाई यसपटक हृदयघातका कारण अस्पतालमा भर्ना गरिएको थियो ।

केही दिनसम्म अस्पतालमा बसेपछि पनि उनको स्वास्थ्यमा केही सुधार आएको थिएन र आइतबार उनको मृत्यु भयो ।

स्मरण रहोस्, राधालाई केही वर्ष पहिले क्यान्सर भएको थियो जसमाथि उनले पूर्ण रुपमा जित हाँसिल गरेकी थिइन् ।

राजकुमारसँग गरिन् डेब्यूः

राजलक्ष्मी उर्फ राधा लक्ष्मीले आफ्नो अभिनयको सुरुवात कन्नड फिल्म ‘नभकोटी नारायण’ (सन् १९६४) बाट गरेकी थिइन् ।

यो फिल्ममा उनका अपोजिटमा साउथका निकै चर्चित राजकुमार थिए ।

उनले आफ्नो फिल्म करियरमा करिब ३ सय फिल्ममा काम गरे ।

राधाले लगभग २ सय ५० कन्नड फिल्ममा अभिनय गरिन् । अन्य फिल्म उनको तमिल, तेलुगु, मलयालम र हिन्दी रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप