शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाद्वारा चीनका तीन नागरिक गिरफ्तार

शुक्रबार, ०९ साउन २०७७, ०७ : ०२
शुक्रबार, ०९ साउन २०७७

अमेरिकाले भिसासम्बन्धी धोका दिएको विषयमा चीनका तीन नागरिकलाई गिरफ्तार गरेको छ र चौथो नागरिकलाई पक्राउ गर्ने तयारी गरिरहेको  छ ।

चौथो व्यक्ति एक महिला हुन् जो सान फ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा छिन् ।

अमेरिकी न्याय विभागका अनुसार गिरफ्तार गरिएका चिनियाँ नागरिकले कथित रुपमा चिनियाँ सेनाको सदस्य भएको भन्दै झुटो बोलेका थिए ।

अमेरिकी संस्था एफबीआईले अमेरिकाका २५ शहरका विभिन्न व्यक्तिहरुसँग सोधपुछ गरेको छ जसले आफ्नो चिनियाँ सेनासँग ‘अघोषित सम्बन्ध’ भएको बताउँदै आएका थिए ।

अमेरिकी वकिलका अनुसार यो चिनियाँ योजनाको एउटा हिस्सा हो जसअनुसार चीनले गोप्य रुपमा आफ्ना सेनाका वैज्ञानिकलाई अमेरिका पठाउने गर्छ ।

न्याय विभागका वकिल जोन सी डेमर्सले एक पत्रकार सम्मेलन जारी गर्दै चिनियाँ सेनाका सदस्य रिसर्च भिसाका लागि आवेदन दिने गरेको  र आफ्नो वास्तविक पहिचान लुकाउने गरेको जानकारी दिए ।

खुल्ला समाजको फाइदा उठाउने कोसिसः

बयानमा भनिएको छ, ‘यो हाम्रो खुल्ला समाज र हाम्रो शिक्षण संस्थाको फाइदा उठाउने चीनको कम्युनिष्ट पार्टीको योजनाको एउटा अर्को हिस्सा हो ।’

गिरफ्तारीअघि अमेरिकाली चीनका एक वैज्ञानिकले सान फ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा शरण लिएको घोषणा गरेको थियो । त्यसको एक दिन अघि अमेरिकाले ह्यूस्टनस्थित चिनियाँ वाणिज्य दूतावास बन्द गर्न आदेश दिएका थिए । अमेरिकाले त्यहाँका अधिकारी बौद्धिक सम्पदाको चोरीमा संलग्न भएको आरोप लगाएका थिए ।

बिहिबार चिनियाँ व्यक्तिको गिरफ्तारी अघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले अमेरिकी आरोपलाई द्वेषपूर्ण लाञ्छना बताउँदै चीनले यसको जवाफी कारवाही गर्ने र आफ्नो जायज अधिकारको सुरक्षा गर्ने बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्ला केही महिनादेखि व्यापार, कोरोनाभाइरस र हङ्गकङका नयाँ सुरक्षा कानूनको मुद्दामा चीनसँग निकै दुश्मनी मोलेका छन् ।

उनीहरुमाथि के आरोप छ ?

जो चार व्यक्तिविरुद्ध भिसाको विषयमा धोका दिएको आरोप छ उनीहरुको नाम हो वाङ्ग शिन, सङ्ग शेन, जाओ कायकाय र ताङ्ग जआन ।

ताङ्ग जुआनले सान फ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा शरण लिएको बताइँदै छ ।

अमेरिकाका अनुसार चारै जनाले चिनियाँ सेनामा काम गरेको बारे झुटो बोलेका थिए । उनीहरुले पहिला सेनासँग काम गरेको तर आफूहरु अहिले सेनाको हिस्सा नभएको वा आफू कहिले पनि सेनासँग आबद्ध नभएको भन्दै झुटो विवरण दिएर धोका दिएको अमेरिकाले जानकारी दिएको छ ।

वाङ्ग शिनलाई जुलाई ७ मा लस एन्जेल्स विमानस्थलमा गिरफ्तार गरिएको थियो । उनले आफू चिनियाँ सेनासँग सैन्य युनिभर्सिटी ल्याबमा काम गर्ने गरेको बताएका थिए तर भिसा आवेदनमा उनले सन् २०१६ मा सेनाको जागिर छोडिदिएको बताएका थिए ।

साङ्ग शेन र जाओ कायकायलाई जुलाई १८ मा गिरफ्तार गरिएको थियो ।

अभियोजकको आरोप अनुसार साङ्ग शेनले उनी एक न्यूरोलोजिस्ट भएको र सेनाको जागिर छोडिदिएको बताएका थिए तर वास्तवमा उनी चिनियाँ वायुसेनाको अस्पतालमा अहिले पनि कार्यरत छन् । यता जाओ कायकायले सेनासँग कहिले पनि काम नगरेको जानकारी दिएका थिए तर उनली अहिले पनि चीनको एउटा ठूलो अनुसन्धान संस्थामा काम गर्छन् ।

ताङ्ग जुआन चिनियाँ वायुसेनाकी सदस्य हुन् । अमेरिकाको एक एजेन्टले उनलाई सैन्य युनिफर्ममा देखेका थिए र उनी अहिले पनि वायुसेनाको मेडिकल युनिभर्सिटीमा काम गर्छिन् भन्ने कुराको प्रमाण पनि जुटाएका थिए ।

ताङ्ग जुआनले आफ्नो भिसा आवेदनमा आफूले कहिले पनि सेनामा काम नगरेको भन्ने जानकारी दिएको आरोप लागेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप