शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको २० लाख नगदसहित एक पक्राउ

बिहीबार, ०८ साउन २०७७, ११ : ४४
बिहीबार, ०८ साउन २०७७

सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रु २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ । 

सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए । 

भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए । पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप