बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सोसल मिडियामा पार्टनरले यस्ता पाँच व्यवहार गरे हुनुहोस् सतर्क

बिहीबार, ०८ साउन २०७७, ०८ : ५४
बिहीबार, ०८ साउन २०७७

कोरोनाभाइरसका कारण यतिबेला मानिसहरु धेरैभन्दा धेरै आफ्नो घरमा बिताइरहेका छन् र यस्तो अवस्थामा इन्टरनेट मानिसहरुका लागि वरदान साबित भएको छ । यद्यपि, सोसल मिडियामा केही गलत बानीका कारण सम्बन्धमा दरार पनि उत्पन्न हुनसक्छ । यदि तपाईंलाई पनि तपाईंको पार्टनरमा सोसल मिडियासम्बन्धि यस्तै पाँच बानी छन् भन्ने लाग्छ भने सतर्क रहनुहोस् ।

सोसल मिडियामा अत्यधिक समय बिताउनुः

डिजिटल सोसायटीको हिस्सा भएका कारण सोसल मिडियामा समय बिताउनु सामान्य हो । धेरैजसो मानिसहरु आफ्ना फलोअर्स र अनलाइन साथीहरुलाई आफ्ना बारे अपडेट दिन चाहन्छन् । तर तपाईंको पार्टनर आवश्यकताभन्दा बढि सोसल मिडियामा सक्रिय हुन्छन् भन्ने लाग्छ भने तपाईं सावधान हुनुपर्छ । यदि तपाईंलाई यसबारे केही कुरा चित्त बुझिरहेको छैन भने पार्टनरसँग पक्कै पनि कुरा गर्नुहोस् ।

आफ्नो सम्बन्धबारे थुप्रै पोस्ट सेयर गर्नुः

कहिलेकाँही प्रेम जताउनका लागि पार्टनरसँग सम्बन्धित पोस्ट सोसल मिडियामा सेयर गर्नु साधारण कुरा हो । तर आफ्ना नीजि कुरा आवश्यकताभन्दा बढी सोसल मिडियामा सेयर गर्नुृ गलत हो । यदि तपाईंको पार्टनर साँच्चै नै तपाईंको वास्ता गर्छन् भने उसले आफ्ना नीजि जीवनबारे पक्कै पनि ख्याल राख्नेछन् ।

सर्च सेक्सनमा अन्य व्यक्तिको बाढीः

यदि तपाईंलाई आफ्ना पार्टनरबारे कुनै प्रकारको शंका छ भने तपाईं उनको अनलाइन क्रियाकलापबारे जान्न चाहनुहुन्छ भने सर्च इन्जिन बटनले तपाईंलाई मद्दत गर्नसक्छ । यदि तपाईंको पार्टनरले तपाईंलाई धोका दिइरहेको छ भने उनको सर्च सेक्सन अन्य व्यक्तिले भरिएको हुनेछ । यसमा ती व्यक्ति पनि समावेश हुनसक्छन् जसलाई तपाईंका पार्टनरले मन पराउँछन् ।

लुकीछुपी एक्स बारे जानकारी लिन खोज्नुः

यदि तपाईंको पार्टनरमा आफ्नो एक्सलाई अनलाइनमार्फत् पिछा गर्ने नराम्रो बानी छ भने कि त उनी आफ्नो अतितबाट पूर्ण रुपमा बाहिर निस्कन सकेका छैनन् कि त उनलाई तपाईंमा कुनै रुची छैन । यो दुबै स्थिती तपाईंका लागि खराब हो ।

आफ्नो एक्सलाई जलाउनका लागि फोटो पोस्ट गर्नुः

यदि तपाईंलाई तपाईंको पार्टनरले तपाईंहरु दुईजनाको फोटो आफ्ना एक्सलाई जलाउनका लागि मात्रै पोस्ट गर्छन् भन्ने लाग्छ भने यसबारे तुरुन्त कुरा गर्नुहोस् । तपाईंहरुको सम्बन्ध बिग्रनु अघि नै आफ्नो पार्टनरलाई यो बानीबाट टाढा रहन आग्रह गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप