बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय शिल

बुधबार, ०७ साउन २०७७, १६ : ०२
बुधबार, ०७ साउन २०७७

पोखरा । सरकारले कोरोना संक्रमण कम भएको भन्दै लकडाउन खोलेको दिन नै स्याङ्जा जिल्ला प्रहरी कार्यालयलाई भने शिल गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत तीन प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै जिल्ला प्रहरी कार्यालयलाई शिल गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । 

‘तीन जना प्रहरीमा रिपोर्ट पोजेटिभ आएपछि समुदायमा संक्रमण नफैलियोस् भनेर बाहिर रहेकालाई बाहिर र भित्र रहेकालाई  भित्र नै बस्न भनिएको छ । सम्भावितहरुको रिपोर्ट आएपछि नयाँ योजनाका साथ अगाडी बढ्ने सोच बनाएका छोँ’ क्षेत्रीले भने ।  क्षेत्रीकाअनुसार रिपोर्ट पोजेटिभ आएकाहरुको कन्ट्याक ट्रेसिङ गरी स्वाब निकालेर परीक्षणका लागि पोखरा पठाउने तयारी गरिएको छ ।  

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले भने जिल्ला कार्यालय शिल गरिएको भए पनि अनलाइनमार्फत उजुरी लिएर कामकाजलाई अगाडी बढाउने जानकारी गराए । प्रबक्ता अधिकारीकाअनुसार संक्रमित तीनै जना प्रहरीहरुलाई आइसोलेसन वार्डमा राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप