अध्यागमनको डरले अस्पताल नजाँदा स्कटल्यान्डमा एक नेपालीको मृत्यु
लन्डन । संयुक्त राज्यको स्कटल्यान्डमा बस्दै आएका अन्दाजी ३० वर्षीय एक नेपाली युवाको निधन भएको छ । काठमाडौँको बौद्ध घर भएका दोर्जे नामका ती युवकको आइतबार निधन भएको हो । आफ्नै घरको ढोकामा ढलेको अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र एम्बुलेन्स आइपुग्दा उनको मृत्यु भैसकेको बताइएको छ ।
स्कटल्याण्डको पर्थमा एक बङ्गाली रेष्टुरेन्टमा कार्यरत मृतक करिब दुई महिनादेखि अस्वस्थ रहेको स्थानीय समाजसेवी भोला खनालले जानकारी दिएका छन् । गैरकानूनी रुपमा बसेका कारण अस्पताल जाँदा कागजपत्रसम्बन्धि थप समस्या आइपर्ने त्रासका कारण बिरामी हुँदा पनि घरैमा बसेको बताइएको छ । पछिल्लो समय आफन्त तथा साथीभाइहरुले उनलाई खानपानको प्रबन्ध गर्दै आएका थिए ।
मृतक दोर्जेको शव अहिले स्कटल्याण्डस्थित डन्डी अस्पतालमा राखिएको छ । मृतकका परिवार नेपालमै रहेको बताइएको छ । उनको निधन के कारणले भएको भन्ने बारेमा कुनै पुष्टि भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर