लकडाउन अन्त्य गर्ने सरकारको निर्णय अपरिपक्व : डा. रवीन्द्र पाण्डे
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले आज राति १२ बजेदेखि लकडाउन अन्त्य गर्ने भनी सरकारले गरेको निर्णयलाई ‘अपरिपक्वता’को संज्ञा दिँदै त्यसले ‘जनस्वास्थयमा संकट ल्याउने’ चेतावनी दिएका छन् ।
आज फेसबुकमा एक स्टाटस पोष्ट गर्दै उनले भनेका छन् : ‘सरकारले आज रातिबाट लागु हुनेगरी लकडाउन अन्त्य गरेको छ, कोरोना संक्रमणको समुदायमा व्यापक परीक्षण गरेर वास्तविक अवस्था थाहा नपार्ई गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व छ । व्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा यसले जनस्वास्थ्यमा संकट ल्याउनेछ ।’
उनका अनुसार ‘देशका करिब ७० जिल्लामा संक्रमित रहेको, काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रमा फाट्टफुट्ट कोरोना संक्रमण देखिइरहेको, परीक्षणको दायरा एकदम साँघुरो भएको, छिमेकी देश भारतमा कोरोना संक्रमण ब्यापक फैलिएको तथा नेपालसंग सिमाना जोडिएका बिहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमण निकै बढेको अवस्थामा लकडाउन अन्त्य गर्नु निकै जोखिमपूर्ण छ ।’
डा. पाण्डे अगाडि लेख्छन्, ‘परीक्षण गर्दै चरणबद्ध रुपमा लकडाउनको व्यवस्थापन गर्नुपर्नेमा विज्ञसंग पर्याप्त छलफल नगरी लकडाउन खोल्दा समुदायमा कोरोना संक्रमण फैलिने डर विद्यमान छऽ सिमाना प्रभावकारी ढंगले सील नगर्ने हो भने भारतबाट धेरै संक्रमित नेपाल प्रवेश गर्ने खतरा विद्यमान छ ।’
कोरोनाको सम्भावित जोखिमबाट बच्न सल्लाह दिँदै डा. पाण्डे अगाडि लेख्छन् : ‘हामी आम नागरिकले सकभर घरमै बस्ने, घरबाहिर निस्कंदा सहि तरिकाले मास्क लगाउने, भीडभाडमा नजाने, बाटो, चोक, पसल, अफिस लगायत सबै ठाउँमा घटीमा ६ फिटको दुरी कायम गर्ने, आबश्यकता अनुसार चस्मा तथा पन्जाको प्रयोग गर्ने, भोजभतेर नगर्ने, सुरक्षित तरिकाले घरमै चाडपर्व मनाउने लगायतका सुरक्षा सतर्कता अझै बढाउन जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा