राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालिन लकडाउन घोषणा
सप्तरी । सप्तरीको राजविराज नगरपालिकाले बुधबारदेखि अनिश्चितकालिन लकडाउन घोषणा गरेको छ । कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यू भएपछि बुधबारदेखि नगरपालिकाले पूर्णरुपमा अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो । मंगलबार राजविराज नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुञ्जेलसम्म राजविराज नगर क्षेत्रभित्र पूर्णरुपमा लकडाउन गर्ने घोषणा गरेको हो ।
लकडाउन अवधिमा अत्यावश्यक सेवाहरु बाहेक सम्पूर्ण बजार, पसल, व्यवसाय, सरकारी, गैरसरकारी कार्यालयहरु र वित्तिय संस्थाहरु पूर्णरुपले बन्द गरि लकडाउनको पूर्ण पालना गरिदिन हुनका लागि नगरपालिकाले नगरवासीमा अनुरोध समेत गरेको छ । लकडाउनको पूर्णपालना गर्न, अनावश्यक रुपमा घर बाहिर ननिस्कन, अत्यावश्यक कामका लागि निस्कन परेमा मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक दुरी कायम गर्नका लागि समेत नगरपालिकाले अनुरोध गरेको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएका राजविराजका व्यवसायी ७२ वर्षीय रामकृष्ण दासको परिवारका सबै सदस्य संक्रमित भएका छन् । परिवारजन र सम्पर्कमा आएका व्यक्तिहरुमा समेत कोरोना भेटिएको जनाइएको छ ।
यससँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ३ सय ७८ भन्दा बढी पुगेको छ भने २ सय ३७ जना निको भएर घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी