स्वास्थ्य मन्त्रालयलाई नेत्रज्योति संघले दियो १०० थान थर्मोमिटर
मङ्गलबार, ०६ साउन २०७७, १७ : ४८
नेपाल नेत्रज्योति संघले कोभिड–१९ विरुद्धको सरकारी अभियानमा १ सय थान आईआर थर्मोमिटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको छ ।
मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई थर्मोमिटर संघको एक टोलीले थर्मोमिटर हस्तान्तरण अध्यक्ष प्रा डाक्टर चेतराज पन्तले बताए ।
सात लाख रुपैयाँ बराबरको एक सय थान आईआर थर्मोमिटर सहयोग गरिएको उनको भनाइ छ ।
नेत्रज्योति संघले आँखा स्वास्थ्य र अन्धोपन कम गर्नका लागि देशका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । नेपाल नेत्रज्योति संघले देशका विभिन्न भागमा आँखा अस्पताल, आँखाको उपचार, प्राथमिक आँखा उपचार केन्द्रहरुबाट स्वास्थ्य सेवा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा