बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप ९ जनामा कोरोना पुष्टि

मङ्गलबार, ०६ साउन २०७७, १० : ३३
मङ्गलबार, ०६ साउन २०७७

पोखरा – गण्डकीमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १३२९ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, बागलुङ र स्याङ्जामा गरि ९ संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमितमध्ये म्याग्दीको अन्नपूर्णमा २ र बेनीमा १ पुरुष संक्रमित थपिएका छन् । 

यसैगरि, स्याङ्जाको फेदीखोलामा र बागलुङको ताराखोलामा ३, ३ जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये १ हजार २० जनाले कोरोना जितेर घर फर्कि सकेका छन् । ४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप