शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महेन्द्रनगर यातायात कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउण्टर संचालन

सोमबार, ०५ साउन २०७७, १८ : ५१
सोमबार, ०५ साउन २०७७

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयमा एक्सटेन्सन काउण्टर खोलेको छ । 

महेन्द्रनगर यातायात कार्यालयका प्रमुख भोजराज भट्ट र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहका बीच एक्सटेन्सन काउण्टरको औपचारिक रुपमा उद्घाटन गरे । कार्यक्रममा यातायात कार्यालयका प्रमुख भट्टले मेगा बैंकको काउन्टर खुलेपछि अब सेवाग्राहीहरुले यातायात कार्यालयमा सहज रुपमा बैंकिङ्ग कारोबार गर्न पाउने बताए । करिब ४ सय जना सेवाग्राहीहरु दैनिक लाभान्वित हुने उनले बताए । 

यसैगरी, मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख ओझाले बिभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउण्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप यातायात कार्यालयमा पनि एक्सटेन्सन काउण्टर विस्तार गरिएको बताए । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको यो ३१औं एक्सटेन्सन काउण्टर हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप