शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण कोरियाको एनआरएनमा नयाँ नेतृत्व

आइतबार, २५ भदौ २०७४, २१ : ३९
आइतबार, २५ भदौ २०७४

सउल– गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको छैठौँ अधिवेशनबाट अध्यक्षमा लक्ष्मी लामा गुरुङ निर्वाचित भएकी छन् ।

आइतबार भएको निर्वाचनमा गुरुङले अध्यक्षका प्रत्यासी ओम जुग्जाली र जुनु गुरुङलाई पराजित गरेकी हुन् । बरिष्ठ उपाध्यक्षमा विपिन गुरुङ, उपाध्यक्षमा साजन शर्मा, अमृत राई र जीवनकुमार थापा विजयी भएका छन् । 

यसैगरी, महासचिवमा इन्दिरा तिवारीले राजु थापालाई हराएर विजयी भएकी छन् । सचिवमा नेत्र पौडेल र नविन पुडासैनी, कोषाध्यक्षमा लोकबहादुर बानियाँ, सह कोषाध्यक्षमा जीतबहादुर सारु, एनसीसी सदस्यमा लोचन राई र प्रकाश धमला निर्वाचित भएका छन् । सदस्यमा ८ जना विजयी भएको निर्वाचित समितिले जनाएको छ । 
अध्यक्षमा नवनिर्वाचित गुरुङ्गलाई नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली जनसम्पर्क समितिको समर्थन थियो । निर्वाचित अध्यक्ष र उपाध्यक्ष  गुरुङ्गद्वय व्यवसायी हुन् । महासचिव र आईसीसीमा निर्वाचित तिवारी र धमला विद्यार्थी भिसामा दक्षिण कोरियामा छन् । आइसीसी प्रतिनिधि लोचन राई इन्जिनियर हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप