फेरि स्थगित भयो नेकपा स्थायी समिति बैठक
आइतबार, ०४ साउन २०७७, १३ : २१
आइतबार तय भएको नेकपा स्थायी समिति बैठक फेरि स्थगित भएको छ। पार्टीभित्र सहमति जुटिनसकेकाले बैठक पुन: साउन ६ गतेसम्मका लागि स्थगित गरिएको हो ।
नेकपा केन्द्रीय कार्यादल सचिव ईश्वरी रिजालले साउन ६ गते बिहान ११ बजेसम्मका लागि अर्को बैठक तय भएको जानकारी दिए ।
यसअघि पनि पटक पटक भएको स्थायी समिति बैठक स्थगित हुँदै आएको छ । नेकपाका अधिकांश स्थायी समिति सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।
सहमतिकाे प्रयासस्वरुप हिजो बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीबाट महाधिवेशनको प्रस्ताव आएपनि त्यसमा सहमति जुटिसकेको छैन ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि