शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मौद्रिक नीतिको प्रभाव सेयर बजारमा, तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर आजका लागि बजार बन्द

आइतबार, ०४ साउन २०७७, १२ : ४५
आइतबार, ०४ साउन २०७७

सेयर कारोबार आइतबारका लागि बन्द भएको छ । नेप्से ६ प्रतिशतले  बढेपछि तेस्रो सकारात्मक सर्किट ब्रेकर लागेर आजका लागि कारोबार बन्द भएको हो ।

मौद्रिक मौद्रिक नीतिको प्रभाव सेयर बजारमा देखिएको छ । दोस्रो सर्किट लागेर खुलेको १ मिनेटभित्रै फेरि ६ प्रतिशतले बजार बढेपछि दिनभरका लागि कारोबार रोकिएको हो ।

अधिकांश कम्पनीको सेयर भाउ बढेको छ । मौद्रिक नीतिमा सेयर बजारमा  लागि सकारात्मक पहल गरिएपछि लगानीकर्ता उत्साहित भएका छन् ।

यसअघि आइतबार नै बजार खुलेको ६  मिनेटमा पहिलो सर्किट र २७ मिनेटमा दोस्रो सकारात्मक सर्किट लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप