शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा तालिबान कमाण्डरसहित १२ लडाकू मारिए

आइतबार, २५ भदौ २०७४, १७ : २०
आइतबार, २५ भदौ २०७४

अफगानिस्तान । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा पर्ने क्वाला ए जाल जिल्लामा आइतबार एकजना तालिबान कमाण्डरसहित १२ जना तालिबान लडाकू मारिएका छन् । 

“सुरक्षा फौजले तालिबानलाई हटाउन क्वाला ए जाल जिल्लाको घुसी गाँउमा आइतबार विहानै कारबाही गरेको थियो, सो कारबाहीमा परी तालिबानका एकजना कुख्यात कमाण्डर मावलावी इस्माइल सहितचार जनाको घटनास्थलमै मृत्यु भएको छ,” जिल्ला गभर्नर अब्दुल मोमीनले सिन्ह्वालाई भन्नुभयो । 

भिडन्तका क्रममा अरु दुई जना लडाकू घाइते भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् । घटनाका बारेमा तालिवान लडाकूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

उक्त प्रान्तमा तालिबान लुकेर बसेको सूचनाको आधारमा सेनाले कारबाही थालेको थियो । सो कारबाही अहिले पनि जारी रहेको छ ।

त्यसैगरी दक्षिणी हेल्मन्ड प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् । 

“गत चौबिस घण्टामा अफगानिस्तानको सुरक्षा फौजले साङगीन, नाहरी, सार्राज, गर्मसेर र वाशेर जिल्लामा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्,” सरकारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिका अनुसार सोही अवधिमा अरु तीन जना याख्चाल क्षेत्रमा मारिएका छन् भने चार जना घाइते भएका छन् । हेल्मड प्रान्तमा तालिबानको दह्रो प्रभाव बढ्दै गएको छ । रासस/सिन्ह्वा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप