नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक
शुक्रबार, ०२ साउन २०७७, १४ : ३५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बस्ने भएको छ । दुई दिनका लागि स्थायी समिति बैठक स्थगित गरेको सो पार्टीले शनिबार आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।
शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भएको भेटवार्तामा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको थियो । त्यस्तै शुक्रबारको स्थायी समिति बैठक पनि आइतबारसम्म लाई स्थगित गर्न दुवै नेता सहमत भएका थिए ।
‘शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको जानकारी प्राप्त भएको छ । एजेण्डाका बारेमा केही जानकारी छैन’नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत