शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लमजुङमा क्वारेन्टिनमा बसिरहेका युवकले गरे आत्महत्या

शुक्रबार, ०२ साउन २०७७, १४ : ०५
शुक्रबार, ०२ साउन २०७७

–सौगात पोखरेल
लमजुङ । लमजुङ जिल्लाको कोलासोथर गाउँपालिका ९  गिलुङ  रहेको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका छन् । क्वारेन्टिनमा रहेका ती युवकले आत्महत्या गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए । 

लकडाउनअघि बुटवल दिदीको घर गएका युवराज घर्ती असार ३१ गते गाउँ फर्किएका थिए । उनले गिलुङमा रहेको वुद्धोदय माविको क्वारेन्टाइनमा आत्महत्या गरेका हुन् ।  उक्त क्वारेन्टिनमा उनी एक्लै भएका कारण आत्महत्याको कारण पत्ता लाग्न नसकेको शर्माले बताए । शर्माकाअनुसार शुक्रबार बिहान प्रहरीहरु उनको अवस्था बुझ्न जाँदा घर्ती मृत अवस्थामा भेटिएका थिए । 

मृतकलाई जिल्ला प्रहरी कार्यालयको टोलीले लमजुङ सदरमुकाम ल्याएर पोष्टमार्टम गर्ने तयारी गरिरहेको शर्माले बताए । मृतक घर्तीले गाउँलेसँग क्वारेन्टिनमा भन्दा गोठमा बस्छु भनेर अनुरोध गरेको कुरा पनि सुन्नमा आएको बुझिएको शर्माले जानकारी दिए । 

घर्तीको यसअघि स्वाब परीक्षण नगरिएका कारण शुक्रबार नै स्वाब निकालेर परिक्षणका लागि पोखरा पठाउने तयारी गरिएको शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप