शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमिताभ बच्चनले प्रशंसकलाई आभार व्यक्त गर्दै भने, ‘अस्पतालमा प्रतिबन्ध, धेरै बोल्न सक्दिनँ’

शुक्रबार, ०२ साउन २०७७, १४ : ०२
शुक्रबार, ०२ साउन २०७७

पछिल्लो ६ दिनदेखि नानावटी अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका अमिताभ बच्चनले उनका लागि प्रार्थना गरिदिने सबैप्रति आभार व्यक्त गरेका छन् । यस सन्दर्भमा उनले आफ्नो सोसल मिडिया अकाउन्ट र ब्लगमा पोस्ट लेखेकी छिन् । अमिताभले उक्त पोस्टमा धन्यवाद र आभार व्यक्त गर्नेबाहेक थप जानकारी दिन किन सकिरहेका छैनन् भनेर पनि जानकारी दिएका छन् ।

अमिताभले लेखेका छन्, ‘मैले तपाईंको आशिर्वाद, प्रेम र प्रार्थना पाइरहेको छु । एसएमएसमार्फत्, ह्वाट्सएप, इन्स्टाग्राम, ब्लग र सबै सम्भव सोसल मिडियामार्फत् । मेरो आभारको कुनै सीमा छैन । अस्पतालको नियम प्रतिबन्धपूर्ण छ । धेरै केही बोल्न सक्दिनँ ।’

हल्का लक्षण पछि शनिबार बेलुका ७७ वर्षका अमिताभ र उनका ४४ वर्षका छोरा अभिषेक आफैंले कार चलाएर नानावटी अस्पताल पुगेका थिए । यी दुईले आफू कोरोनाद्वारा संक्रमित भएको जानकारी ट्वीटरमा साझा गरेका थिए ।

मंगलबारपछि उनको स्वास्थ्यबारे थप जानकारी आएको छैन  । मंगलबार समाचार एजेन्सी पिटिआईले अस्पताल स्रोतलाई उद्धृत गर्दै बच्चन पिता–पुत्रको स्थितीमा सुधार भइरहेको जानकारी दिएको थियो । तर उनीहरु कम्तीमा सात दिनसम्म अस्पतालमा बस्नुपर्ने बताइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप