शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीका लागि गरिएको ट्वीट के रियाले लेखेकी होइनन् ? सुशान्तबारे नायिकाले उठाएको मुद्दामा उठ्न थाले प्रश्न

शुक्रबार, ०२ साउन २०७७, १० : ०६
शुक्रबार, ०२ साउन २०७७

बिहिबार सुशान्त मामिलामा त्यतिबेला ट्वीस्ट आयो जब पहिलो पटक रिया चक्रवर्तीले नायकको मृत्युमा सीबीआई अनुसन्धानका लागि माग गरिन् । रियाले ट्वीटरमा गृहमन्त्री अमित शाहलाई यो मामिला सीबीआईलाई सुम्पिन आग्रह गरेकी छिन् । नायिकाको यस्तो पोस्टले धेरैलाई अचम्मित बनायो ।

एकातिर रियाको यो ट्वीटले सुशान्तका प्रशंसक उत्साहित देखिएका छन् । नायक शेखर सुमनले पनि रियाको तारिफमा ट्वीट गरेका छन् । तर केही समयमा नै सोसल मिडियामा रिया चक्रवर्तीको ट्वीटर अकाउन्ट ह्याक गरिएको हो भन्ने दाबी गर्न थालियो । कतिले ट्वीटमा गल्ती भएकोले यो उनले लेखेकै होइन समेत भने ।


रियाको ट्वीटर अकाउन्ट ह्याक ?

एक प्रयोगकर्ताले लेखे, ‘रियाको ट्वीटर ह्यान्डल ह्याक गरिएको जस्तो छ । ट्वीटमा अचम्मको गल्ती देखिएको छ । नामको पहिलो अक्षर नै सानो अक्षरमा लेखिएको छ । ’

यस्तै अर्का व्यक्ति लेख्छन्, ‘कि त यो अकाउन्ट ह्याक भएको हो कि अरु कसैले लेखेका हुन् । सुशान्त सिंह राजपूतको नाम नै ट्वीटरमा गलत तरिकाले लेखिएको छ । एउटा राम्रो व्यक्तिको यस्तो अपमान सही होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप