बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीको एउटा गल्तीले भए मालामाल,  जिते २४ करोडको चिट्ठा

शुक्रबार, ०२ साउन २०७७, ०९ : ३२
शुक्रबार, ०२ साउन २०७७

भाग्यमानीले मात्रै चिट्ठा जित्छ भन्ने गरिन्छ । तर यदि कोही व्यक्तिले गलत टिकटमा चिट्ठा जित्छ भने त्यसलाई के भन्ने ? ‘भाग्यमानीको भूतै कमारो’ सायद यो भनाई यहाँ प्रयोग गर्न मिल्छ । एक व्यक्तिलाई कर्मचारीले गलत चिट्ठा दिनु नै उनको लागि वरदान साबित भएको छ ।

घटना अमेरिकाको मिशिगनको हो । मिशिगन लट्री कनेक्टका प्रकाशित समाचार अनुसार चिट्ठा जित्ने ती व्यक्तिले उक्त टिकट मिशिगनस्थित बीपी ग्यास स्टेशनमा खरिद गरेका हुन् । ती व्यक्तिले आफ्नो परिचय लुकाउन चाहेका छन् ।

‘मेरी श्रीमतीको ट्रकको टायरमा हावा भर्नका लागि मलाई खुद्रा पैसा चाहिएको थियो,’ ५७ वर्षे ती व्यक्तिले भने । ‘पैसा साट्ने हिसाबले मैले १० डलर पर्ने लक्की सेभेनको टिकट किनेँ । टिकट बेच्ने कर्मचारीले मलाई गल्तीपूर्वक २० डलर पर्ने टिकट दिए,’ उनले भने ।

‘ती कर्मचारीले टिकट सादिदिने बताए तर पछाडिबाट कसैले टिकट नसाट्न र आफैंसँग राख्न सुझाए । मलाई खुसी लागेको छ कि मैले उनको सल्लाह मानेँ ।’

चिट्ठाको परिणाम मंगलबार घोषणा गरिएको हो । जसमा यी व्यक्तिले दुई मिलियन डलर अर्थात् २४ करोडको नगद जिते ।

जितेको पैसाले के गर्न चाहनुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘म एउटा घर किन्छु र बाँकी रकम भविष्यका लागि जोगाएर राख्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप