बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोना जित्नेको संङ्ख्या बढ्यो, १ हजार ६५९ जना घर फर्किए

शुक्रबार, ०२ साउन २०७७, ०९ : २६
शुक्रबार, ०२ साउन २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोना संक्रमितको संख्या १ हजार ६५९ पुगेको छ । 

बिहिबार प्रदेशका केही अस्पतालबाट ५७ जना संक्रमित निको भएपछि घर जानेको संख्या १ हजार ६५९ पुगेको हो ।

टिकापुर ८ , कंचनपुर ४ र अछाम जिल्ला अस्पतालबाट ४५ गरी ५७ जना कोरोना संक्रमित निको भएर घर गएको  स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

संक्रमित पुष्टि हुनेभन्दा निको भएर घर जानेको संख्या निकै बढेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए ।
 
उनले बिहिबार मात्र सेतीप्रादेशिक धनगढी प्रयोगशालाबाट १४, डडेल्धुरा प्रयोगशालाबाट ८ गरी २२ जनामा कोरोना संक्रमण्म पुष्टि भएको बताए । 

काक्रीका अनुसार अहिले प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार २०४ रहेको बताए । ८ जना संक्रमितको भने यसअघि नै मृत्यु भईसकेको उनले बताए । 

हालसम्म २८ हजार २२ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २४ हजार १५१ मा नेगेटिभ आएको उनले बताए ।

१ हजार ३८४ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २० हजार १४१ जनामा परिक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ६३७, बैतडीका ३००, बझाङ्गका १६३ ,बाजुरा ४४६, डडेल्धुराका २८५, दार्चुलाका २०, डोटीका ५३५ , कैलालीका १०२४ र कंचनपुरका ४६१ गरि ३ हजार ८७१ रहेका छन् । 

जसमा महिला ९०१ र पुरुष २ हजार ९७० संक्रमित फेला परेका हुन् । क्वारेन्टिनमा ५हजार ४८ पुरुष र १ हजार ७५५ महिला रहेका छन् । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ४९ गरी ६३जनाको उपचार भईरहेको छ । ६६३ जना भने सामान्य उपचार पछि निको भएर घर गईसकेका छन् ।

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ३, टिकापुरमा १३, महाकालीमा १८, अछाममा १०, डोटी २,  र मालाखेती अस्पतालमा ३जना संक्रमितको उपचार भई रहेको छ । बाँकी को भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भईरहेको  स्वास्थ्य महाशाखा प्रमुख काक्रीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप