शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारीका बीच यसरी  सम्पन्न गरियो खोप अभियान

बिहीबार, ०१ साउन २०७७, २१ : ०२
बिहीबार, ०१ साउन २०७७

विश्वमा कोरोना भाइरसले महामारीको रुप लिएसँगै खोप लगाउने बालबालिको संख्यामा कमी आएको छ । संयुक्त राष्ट्र संघ अनुसार विश्वकाविभिन्न राष्ट्रमा महामारीका कारण धेरै बालबालिका खोपबाट बञ्चित भएका छन् । विश्वभरी नै खोप लगाउने बालबालबालिको संख्यानिकै घटेको छ । 

८० भन्दाबढी देशमा सर्वेक्षण गर्दा तीन चौथाइ खोप कार्यक्रम प्रभावित भएको संयुक्त राष्ट्रको भनाइ छ । महामारीको समयमा खोप कार्यक्रम अवरुद्ध हुँदा विश्वका करोडौं बालकालिका जोखिममा परेको जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । खोप वर्तमान समयमा जनस्वास्थ्यको एउटा हिसा भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओको भनाइ छ ।

नेपाल पनि महामारीको कारण दादुरा रुवेला खोप अभियान प्रभावित भयो । विश्वमा कोरोना भाइरसको महामारी फैलिनु भन्दाअघि दादुराको प्रकोप बढेको थियो ।

नेपालमा लकडाउनको समयमा दुई सयभन्दा बढि दादुराका बिरामी फेला परेका थिए भने दुई जनाको मृत्यु समेत भयो । धादिङमा दादुराको प्रकोप ठूलो संख्यामा देखिएपछि स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाले कडा लकडाउनका बाजुद पनि दादुरा रुवेला खोप सञ्चालन गरेको थियो । 

दादुरा र रुवेलाको खोप ६ महिनादेखि १५ वर्षका बालबालिकालाई  दिइन्छ । सन् २०१८ मादादुराका कारण विश्वमा १ लाख ४० हजार जनाको मृत्यु भएको थियो भने एक करोड भन्दा बढी मानिस प्रभावित भएका थिए । कोरोना भाइरस महामारीको कारण विश्वमा ३० भन्दा बढी दादुरा रुवेला खोप अभियान स्थगित भयो ।  

कोरोना महामारीको कारण दादुरा रुवेलाको खोप अभियान प्रभावितहुँदा नेपालले भने लकडाउनको दुई महिनापछि अभियान संचालन गरेर सम्पन्न गरेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताए ।

यस्तै नेपाल पनि महामारीका कारण बच्चा जन्मिएको १५ महिनाभित्र दिइने १२ प्रकारका नियमित खोप कार्यक्रम करिब दुई महिनासम्म रोकिएको थियो । विश्व स्वास्थ्य संगठनले अझै पनि नियमित खोप कार्यक्रम संचालन गर्न चुनौतीभएको बताएको छ ।

नेपालमा लकडाउनका कारण करिव दुई महिना नियमित खोप कार्यक्रम प्रभावित भएपनि भविष्यमा हुन सक्ने जोखिमको मध्यनजर गर्दै महामारी फैलिएको केही समयपछि नियमित खोप कार्यक्रम संचालन गरेको उनको भनाइ छ । 

प्रदेश तथा स्थानीयतह, जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर कडा लकडानमै नियमित खोप कार्यक्रम चलाउन सफल भएको उनी बताउँछन् । नेपालमा प्रत्येक साल करिब ६ लाख २० हजार बालबालिकाले निःशुल्क रुप माखोप लगाउँदै आएका छन् । 

अहिले प्रति १ हजार जन्मिएका नवजात शिशुमध्ये २८ दिनसम्मका नवजात शिशुको मृत्युदर ६० प्रतिशत घट्दो अवस्था छ । 
खोप जनस्वस्थ्यको हिसां भएकाले एउटा रोगको कारण अन्य रोगका कार्यक्रम प्रभावित हुन नदिएर नेपालले सावधानी अपनाएर नियमित खोप कार्यक्रम तथा दादुरा रुवेला खोप अभियान संचालन र सम्पन्न गरेको खोप शाखाका प्रमुख डाक्टर शर्मा गौतम सुनाउँछन् ।

लकडाउनकै समयमा नयाँ खोप समेत संचालन गरेको उनले बताए । लकडाउनको समयमा झाडा पखाला सम्बन्धी रोटा खोप समेत दिन सुरु गरिएको हो । झाडापखाला विरुद्धको खोप जन्मेदेखि ६ हप्ता र १० हप्तामा शिशुलाई दिइन्छ । 
 
२०१९ माकरिब १ करोड ४० लाख बालबालिका खोपबाट बञ्चित भएका थिए । विश्वभर कोरोना महामारीको कारण तीन चौथाइ खोप कार्यक्रम प्रभावित हुँदा नेपालमा केही समय खोप कार्यक्रम स्थगित भएपनि दादुरा रुवेला खोप अभियान र नियमित खोप कार्यक्रमबाट बालबालिका बञ्चित हुन परेनन् ।

विश्वभर व्यक्तिगत सुरक्षाउपकरण पीपीईको अभाव, स्वास्थ्यकर्मीको कमैसँगैलकडाउनका कारण घर बाहिर निस्कने बातावरणनहुँदाविभिन्नखोप अभियान पुर्ण रुपमानियमित संचालनहुन सकेको छैन् । नेपालले महामारीको समयमाखोप अभियान सम्पन्न गरे पनिनियमितखोप कार्यक्रम संचालनभइरहने हुँदा सावधानीअपनाउन जरुरी भएको उनको भनाइ छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप