शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नबिल इन्भेष्टको डिम्याट खाता योजनाः लगानीकर्तालाई शेयर बजारमा ल्याउन प्रोत्साहित गरिने

बिहीबार, ०१ साउन २०७७, २० : ४६
बिहीबार, ०१ साउन २०७७

काठमाडौं । नबिल इन्भेष्टले लगानीकर्ताहरुलाई शेयर बजारमा प्रवेश गराउन साउना १ गतेदेखि लागु हुने गरी डिम्याट खाता खोल्नको लागि नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना श्रावण १ गते देखि सुरु भई बढीमा साउन मसान्तसम्म लागु रहनेछ । 

यो योजनामा कम्पनीले दिंदै आएको वित्तीय बजारसँग सम्बन्धित विभिन्न ५ (पाँच) वटा सेवाहरुमा लाग्ने शुल्क तथा दस्तुरहरुमा एक पटकको लागि पूर्णरुपमा छुट हुनेछ । 

यो सुविधाबाट ग्राहकहरुले बढी भन्दा बढी फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । यसरी नै लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राखी राष्ट्र्कै अग्रगामी तथा प्रगतिशिल इन्भेष्टमेण्ट बैंकिङ्ग सुविधाहरु नबिल इन्भेष्टले संचालनमा ल्याएको छ ।

जसमा लगानी तथा प्राईभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैक कर्जा उपलब्ध गराउने उपाय सहित एकै छाना मुनि पुरै सबै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप