शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुसी ह्याकरले कोभिड–१९ भ्याक्सिनलाई निशाना बनाएको  बेलायतको आरोप

बिहीबार, ०१ साउन २०७७, २० : ४६
बिहीबार, ०१ साउन २०७७

कोरोना भाइरसको भ्याक्सिन विकासमा जुटिरहेका बेलायत, अमेरिका र क्यानेडाका संस्थाहरुविरुद्ध निशाना साँध्ने कोसिसमा रुसी ह्याकरहरु सक्रिय रहेको चेतावनी  बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसिएससी  ले दिएको छ । 

यस दाबीमा क्यानेडियन कम्युनिकेशन सेक्युरिटी इस्टाब्लिसमेन्ट (सिएसई), अमेरिकाको सिआईएसए र नेशनल सेक्युरिटी एजेन्सी (एनएसए) को पनि समर्थन रहेको एनसिएससीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

ह्याकरहरुले रुसी गुप्तचर संस्थाको अंगका रुपमा काम गरिरहेको एनसीएससीको दाबी छ । एनसीएससीका अनुसार ह्याकरहरुको समूहले कोभीड–१९ भ्याक्सिन विकाससँग सम्बन्धित सुचना चोर्ने प्रयासका लागि मालवेयर प्रयोग गरेका थिए । एनसिएससीका अपरेशन निर्देशक पल सिचेस्टरले यसलाई ‘लाजमर्दो’ भनेका छन् । 

को हुन् ह्याकर 

एनसीएसीका अनुसार यी ह्याकरहरु एपीटी २९ नामक समुहका सदस्य हुन्, यस समूहलाई ‘द डुक्स’ वा ‘कोजी बियर’ पनि भनिन्छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक पार्टीको आन्तरिक सिस्टमा पहुँच पु¥याउँदै सुचना चोरी गरेको आरोपमा मुछिएका दुई रुसी गुप्तचर ह्याकिङ समुहमध्ये कोजी बियर एक हो ।

कोरोना भाइरस महामारीसँग सम्बन्धित साइबर आक्रमणमा भने यो समुहको नाम जोडिएको यही नै पहिलो पटक हो । ‘एपीटी २९ ले विभिन्न प्रविधि र तरिकाको प्रयोग गर्छ, जसमा स्पेयर फिसिङ र ‘वेलमेस’ र ‘वेलमेल’ नामक कस्टम वालवेयर समावेश छ,’ एनसीएससीले विज्ञप्तिमा जनाएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार ह्याकरहरुले कमजोर कम्प्युटर प्रणालीमा सफ्टवेयरको गल्तीको भरपुर फाइदा लिने अनि इन्फेक्टेड मेसिनबाट फाइल डाउनलोड र अपलोड गर्नका लागि वेलमेस र वेलमेल नामक मालवेयर प्रयोग गरेका छन् ।

‘२०२० भर एपीटी २९ ले कोभिड–१९ भ्याक्सिन विकासमा संलग्न क्यानेडा, अमेरिका र बेलायतका विभिन्न संस्थालाई निशाना बनाएका छन् । कोभीड–१९ भ्याक्सिनको विकास र परीक्षणसँग सम्बन्धित बौद्धिक सम्पत्ति र सुचना चोरी गने मनसायले यस्तो गरिएको संभावना उच्च छ,’ विज्ञप्तिमा भनिएको छ । यद्यपी कुन संस्थाहरु निशानामा परे वा कुनै सुचना चोरी भयो वा भएन भन्ने विषय खुलाइएको छैन । 

स्रोत बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप