शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न बाइसेप्स, न अनुहार पुरुषमा सबैभन्दा पहिला के हेर्छन् महिला, थाहा पाउनुस्

आइतबार, २५ भदौ २०७४, १६ : ०५
आइतबार, २५ भदौ २०७४

महिला पुरुषको बाइसेप्स र सेक्सी लुकमा आकर्षित हुन्छन् भन्ने लागेको छ भने सम्भवतः तपाईं गलत हुनुहुन्छ किनभने महिलाको नजर पुरुषको अनुहार, हेयरस्टाइल र उनको बाइसेप्समा नभई अन्य कुरामा पर्दछ ।

ताजा अध्ययनको रिपोर्ट अनुसार महिलाको ध्यान सबैभन्दा पहिले पुरुषको ‘मिडरिफ’ अर्थात् छाती र कम्मरबिचको भागमा पर्दछ । पुरुषको अनुहार कति आकर्षक छ वा उनको व्यक्तित्व कस्तो छ भन्ने बारे पछि ध्यान दिइन्छ । यो अध्ययन जेनेभा युनिभर्सिटी हस्पिटलका शोधकर्ताले गरेका हुन् ।

अध्ययनका क्रममा शोधकर्ताले शोधमा समावेश महिला र पुरुष सहभागीलाई स्विमसुट लगाएका १ सय २० फोटो देखाइयो र त्यसलाई यौन आकर्षणको आधारमा क्रमबद्ध गर्न भनियो ।

यो अध्ययनको क्रममा शोधकर्ताले सहभागीमाथि ‘आई ट्र्याकिङ’ प्रविभिमार्फत नजर राखे । वास्तवमा, अध्ययनकर्ता यो थाहा पाउन चाहन्थे कि सहभागी शरिरको कुन हिस्सालाई सबैभन्दा धेरै याद गर्छन् र कतिबेरसम्म त्यहाँ टिक्छन् ।

शोधकर्ताले पाए कि यो पूरा प्रक्रियामा महिला एवं पुरुष दुबैले अनुहारको सुन्दरताभन्दा शरिरलाई हेर्न धेरै समय खर्च गरे ।

तर महिला विशेषगरी पुरुषकोृ पेटतिर नजर राखिरहेका थिए । पुरुषको छातीमा नजर अड्याउने महिलाको संख्या कम नै रह्यो ।

जबकी यसको विपरित पुरुषको सबैभन्दा धेरै ध्यान महिलाको स्तन र पेटको तल्लो भागमा अडिएको थियो ।

साइन्टिफिक जनरल सेक्सियोलोजीमा प्रकाशित यो अध्ययनको रिपोर्ट अनुसार शोधको परिणामबाट यो अनुमान लगाउन सकिन्छ कि यौन सम्बन्ध बनाउनु अघि पुरुष र महिलालाई कुन कुराले प्रभावित गर्दछ । अध्ययनमा सहभागीले अनुहारभन्दा शरिर हेर्न बढि समय खर्च गरे । यसले यो पनि स्पष्ट हुन्छ कि यौन इच्छाका लागि अनुहारभन्दा महिला र पुरुषलाई शरिरको सुन्दरता महत्व राख्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप