शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको पोस्टपेड मोबाइल र एफटीटीएच सेवामा अफरः यस्त छन् डाटा र कम्बो प्याक

बिहीबार, ०१ साउन २०७७, १९ : ३६
बिहीबार, ०१ साउन २०७७

काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा विभिन्न अफरहरु उपलब्ध गराएको छ । यी अफरहरु आज (मिति २०७७ साउन १ गते) देखि नै लागु भएका छन् । 

एफटीटीएच
फाइबर टु द होम अर्थात एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाइएको छ । 

क) डाटा प्याक 
यस अन्तर्गत २० र ५० एमबीपीएसका एक महिना, तीन महिना र १२ महिनाका लागि विभिन्न दरका प्याकहरु उपलब्ध गराइएका छन् :
२० एमबीपीएसको एक महिनाको प्याक रु. १२००, तीन महिनाको रु. ३६०० र १२ महिनाको रु. १४,४०० मा उपलब्ध हुनेछ । 
५० एमबीपीएसको एक महिनाको प्याक रु. १८००, तीन महिनाको रु. ५४०० र १२ महिनाको रु. २१,६०० मा उपलब्ध हुनेछ ।    

ख) कम्बो प्याक 
यस अन्तर्गत १५, २५ र ६० एमबीपीएसको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध गराइएका छन् । 
-१५ एमबीपीएसको एक महिनाको प्याक रु. १०००, तीन महिनाको रु. ३,००० र १२ महिनाको रु. १२,००० मा उपलब्ध हुनेछ ।  
-२५ एमबीपीएसको एक महिनाको प्याक रु. १५००, तीन महिनाको रु. ४,५०० र १२ महिनाको रु. १८,००० मा उपलब्ध हुनेछ ।  
-यसैगरी ६० एमबीपीएसको एक महिनाको प्याक रु. २०००, तीन महिनाको रु. ६,००० र १२ महिनाको रु. २४,००० मा उपलब्ध हुनेछ । 

प्रत्येक कम्बो प्याक अन्तर्गत एक महिनाको प्याकमा २५० मिनेट, तीन महिनाको प्याकमा ७५० मिनेट र १२ महिनाको प्याकमा ३,००० मिनेट भ्वाइस सेवा समावेश गरिएको छ । यसैगरी १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना गरी १४ महिनासम्म प्रयोग गर्न सकिने समयावधि कायम गरिएको छ ।

पोस्टपेड मोबाइल 
-नेपाल सरकारको निर्णयानुसार यही २०७७ साउन १ देखि लागु हुनेगरी स्वामित्व शुल्कमा परिमार्जन गरिएकोले हाल पोस्टपेड मोबाइलमा पहिलो पटक सिम खरिद गर्दा लागु भइरहेको रु. ५०० स्वामित्व शुल्क अब उप्रान्त नलाग्ने भएको छ । 

-प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिद तथा शुल्क भुक्तानीमा २ प्रतिशत स्वामित्व शुल्क लागु हुनेछ । सो अनुसार हाल नयाँ सिमकार्ड लिनका लागि रु. ९४५ लाग्ने गरेकोमा अब रु. ५०० मा नयाँ पोस्टपेड सिमकार्ड खरिद गर्न सकिने छ । 

-रु. ५०० मा खरिद गरिने पोस्टपेड मोबाइलमा रु. ४६० क्रेडिट लिमिट रहने छ । 

-पोस्टपेड मोबाइलमा जुनसकै माध्यम (रिचार्ज कार्ड, एमपोस, बैंक, कम्पनीको काउन्टर, स्मार्ट कार्ड आदि) बाट भुक्तानी गर्दा २ प्रतिशत स्वामित्व शुल्क लागु हुनेछ । 

पोस्टपेड मोबाइलमार्फत प्रदान गरिने विभिन्न सुविधाहरुलाई अझै ग्राहकमैत्री बनाउनका लागि एक महिना समयावधि भएका विभिन्न नयाँ प्याकहरु बनाइएका छन् । यस अन्तर्गत बेसिक प्याक रु. ३८४, प्रिमियम प्याक रु. ७४९, गोल्ड प्याक रु. ९९९, डायमन्ड प्याक रु. १४९९ र प्लाटिनम प्याक रु. २४९९ मा खरिद गर्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप