शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुशान्तको पैसा रियाले चलाउँथिन्, बैंक खाताको छानविन हुँदै

बिहीबार, ०१ साउन २०७७, १९ : १२
बिहीबार, ०१ साउन २०७७

एजेन्सी । बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणबारे एक महिनादेखि छानविन भइरहेको छ र ३५ भन्दा धेरै मानिसलाई यस क्रममा सोधपुछ गरिएको छ । तर आत्महत्याको कारण खुलेको छैन ।  मिडिया रिपोर्टस्का अनुसार प्रहरीले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको बैंक खाता जाँच गरिरहेको छ । टाइम्स नाउमा प्रकाशित रिपोर्टअनुसार सुशान्तकी बहिनी मितलाई पनि प्रहरीले सोधपुछका लागि बोलाउन सक्छ ।

प्रहरीले उनीसँग सुशान्तको निजी जीवन र रिया चक्रवर्तीसँगको सम्बन्धबारे जान्न चाहेको छ । सुशान्तको डिप्रेसनको उपचार गर्ने डाक्टरलाई पनि पुलिस स्टेशनमा सोधपुछका लागि बोलावट हुनसक्छ । त्यस्तै, सुशान्तका कुक निरजसँग पनि फेरि सोधपुछ हुनसक्छ । यसअघि प्रहरीले अनुसन्धानको सुरुवातमै उनलाई बयानका लागि बोलाएको थियो । स्रोतकाअनुसार प्रहरी यो जान्न चाहन्छ कि सुशान्तको आत्महत्याअघि उनको अपार्टमेन्टमा के भएको थियो । 

यता, यस घटनामा फिल्म मेकर करन जौहरसँग सोधपुछ हुने सम्भावना नरहेको पनि विभिन्न सञ्चारमाध्यममा आएका रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार पुलिसलाई यो प्रमाण मिलेको छ कि रिया चक्रावर्तीले सुशान्तको पैसा खर्च गर्ने गरेकी थिइन् । प्रहरी यो खोजीमा लागेको छकि उनले कति पैसा खर्च गरेकी थिइन् ।  

त्यस्तै, अहिलेसम्म जति पनि मानिसहरुसँग सोधपुछ भयो, उनीहरुमध्ये कसैले पनि करन जौहरविरुद्ध उजूरी दिएका छैनन् । सुशान्तको मृत्युपछि करन लगातार सामाजिक सञ्जालमा निशानामा परेका छन् । उनीमाथि नेपोटिज्मलाई प्रबद्र्धन गरेको आरोप सामाजिक सञ्जालका प्रयोगकर्ताले लगाएका छन् ।  सुशान्तले १४ जुनमा मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा गलामा पासो लगाएर आत्महत्या गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप