शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा सशस्त्र प्रहरीद्वारा पटका बरामद

बिहीबार, ०१ साउन २०७७, १८ : ०४
बिहीबार, ०१ साउन २०७७

रौतहट । रौतहटमा सशस्त्र प्रहरीले १ लाख रुपैयाँभन्दा बढीको प्रतिबन्धित पटका बरामद गरेको छ । सशस्त्र बेश क्याम्प देवाहीको टोलीले देवाही गोनाही नगरपालिका वडा ५ स्थित लालबकैया नदीको पुलमा बिहिवार बिहान ११ बजे उक्त पटका बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा बेश क्याम्प बाट खटिएको टोलीले १ लाख १८ हजार, ८ सय बराबरको पटका बरामद गरिएको सशत्रका इन्स्पेक्टर बिष्णुु अधिकारीले जानकारी दिए । बरामद पटका भोलीबिहान सशस्त्र बेश क्याम्प देवाहीको हाताभित्र स्थानीय र पत्रकारको रोहवरमा नष्ट गर्ने योजना रहेको इन्स्पेक्टर अधिकारीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप