मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पुतलीबजारमा  करदाता सेवा कार्यालय स्थापना

बिहीबार, ०१ साउन २०७७, १७ : ५३
बिहीबार, ०१ साउन २०७७

स्याङजा । यहाँ करदाता सेवा कार्यालयको स्थापना गरिएको छ । अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागअन्तर्गतको करदाता सेवा कार्यालयले जिल्ला समन्वय समितिको परिसरबाट आजदेखि आफ्नो सेवा शुभारम्भ गरेको हो । 

जिल्लामा करदाता सेवा कार्यालयको स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि पोखरा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोख्रेलले पहिलो सेवाग्राही जिल्लाका स्थानीय व्यवसायी नवराज सुवेदीलाई माला र टीका लगाई सेवाको शुभारम्भ गरे ।

जिल्लाबासीको मागसँगै  जिल्लामा करदाता धेरै रहेकाले जिल्ला सदरमुकामस्थित पुतलीबजारमा करदाता सेवा कार्यालय स्थापना गरिएको  कार्यालयका प्रमुख कर्म लामाले बताए । जिल्लामा करीब १५ हजार करदाता रहेको कार्यालयले अनुमान गरेको छ । कार्यालय स्थापनापछि धेरै जना करमा आबद्ध हुने  कार्यालयले विश्वास लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप