शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाको आचारसंहिता सप्ताह शुभारम्भ

बिहीबार, ०१ साउन २०७७, १७ : ४६
बिहीबार, ०१ साउन २०७७

बिहीबारबाट "दोस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह २०७७" शुरु भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले भद्रकालीस्थित जंगी अड्डामा एक कार्यक्रमबीच शुभारम्भ गरेको उक्त कार्यक्रम श्रावण ८ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको शुभारम्भको अवसरमा प्रधानसेनापति थापाले सैनिक संगठनभित्र सैनिक आचरण, नैतिकता तथा मूल्यमान्यता थप मजबुत बनाई विशिष्ट सैनिक चरित्र निर्माण गर्दै लैजाने उद्देश्यले नेपाली सेनामा वार्षिक कार्यक्रमको रुपमा "आचारसंहिता सप्ताह" सञ्चालन गर्न शुरु गरिएको उल्लेख गरे ।

 साथै उनले संगठन सुधारका लागि कार्यरत सबै तहमा सैनिक मूल्यमान्यता, अटल देशभक्ति, निस्वार्थ सेवाभाव, अनुशासन र सैनिक आचरण व्यवहारिकरुपमा उच्चस्तरको हुनुपर्ने उल्लेख गर्दै आचारसंहिता सैनिक व्यक्तिका लागि बहालमा रहँदा र अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन भएको बताए । 

 सोही अवसरमा प्रधानसेनापति थापाले पेशेवर र व्यवसायिक सेनाको विशेषता र आधार भनेकै प्रणालीमा आधारित सैनिक संगठन भएकोले नेपाली सेनामा आचारसंहिता सम्बन्धी विषयमा हरेक व्यक्तिले हरेक दिन विशेष जोड दिनुपर्ने बताए । 

आचारसंहिता सप्ताह नेपाली सेनालाई आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्नहुने र गर्ननहुने कार्यहरुका बारेमा सुसूचित गराउदै एक अनुशासित, आचारणयुक्त र जिम्मेवार सैनिक व्यक्तिका रुपमा विकास गर्नका सञ्चालन गरिएको हो । सो क्रममा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनौट सम्बन्धी, आर्थिक कारोवार, लैंगिक आचरण लगायतका विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल, केश स्टडी, प्रवचन जस्ता विधिहरुबाट कार्यक्रमहरु सञ्चालन हुनेछन् । 

नेपाली सेनाले २०७६ सालमा पनि वैशाख ६ गतेदेखि १३ गतेसम्म पहिलो पटक "नेपाली सैनिक आचारसंहिता सप्ताह" कार्यक्रम आयोजना गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप