शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेलपे सेवा योजनाका विजेता सुजन कार्कीले पाए सामसङ ग्यालेक्सी एस२० प्लस

बिहीबार, ०१ साउन २०७७, १७ : ४४
बिहीबार, ०१ साउन २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले ल्याएको योजना “This 2020 Get Samsung Galaxy S20” अन्तर्गत लक्की ड्रमार्फत सुजन कार्कीले सामसङ ग्यालेक्सी एस२० प्लस  जित्न सफल भएका छन् । 

This 2020 Get Samsung Galaxy S20” योजनाको विजेताको घोषणा २०७७ श्रावण १ गते बिहीबार सेलपेको आधिकरिक फेसबुक पेजमार्फत भएको “सेलपे गफ-गाफ मह जोडीसँग” को कार्यक्रमबाट लाइभ लक्की ड्रमार्फत गरिएको थियो । सो कार्यक्रममा मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यद्वारा गरिएको लक्की ड्र मार्फत युनिक कोड नं. १९६१६८ भएको सुजन कार्की सामसङ ग्यालेक्सी एस२० प्लसको विजेता भएका हुन् । 

यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम रु.२०को कुनै पनि कारोवार जस्तै रिचार्ज, युटिलिटी पेमेन्ट, पी२पी फण्ड ट्रन्सफर (मर्चेन्ट भुक्तानी बाहेक) गरे पश्चात एउटा युनिक कोड नं. पाएका थिए र सोही युनिक कोड नं.हरुबाट लक्की ड्रमार्फत एक भाग्यशाली ग्राहकले एउटा नयाँ सामसङ ग्यालेक्सी एस२० जित्ने मौका पाएका छन् । 

यसका साथै हरेक हप्ता ७ जना ग्राहकहरुका दरले जम्मा ३५ जना भाग्यशाली ग्राहकहरुले पनि Payless, Address lounge, Energizer, X-Age बाट विभिन्न उपहारहरु पाएका थिए ।  “This 2020 Get Samsung Galaxy S20” योजना सफल बनाउन उल्लेखिय योगदान गर्ने Samsung, Payless, Address Lounge, Energizer, X-Age तथा यस योजनामा सहभागी सम्पूर्ण ग्राहकहरुलाई धन्यवाद ब्यक्त गरिएको छ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप