शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिस आर्मी हुँ भन्दै ठगी गरेको अभियोगमा पक्राउ

बिहीबार, ०१ साउन २०७७, १७ : ३७
बिहीबार, ०१ साउन २०७७

ब्रिटिस आर्मी हुँ भन्दै धनमाल ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-८ घर भइ  काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने दिपक मोक्तान भनिने दिपक लामालाई प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक संजाल फेसबुकमा दिपक मोक्तान नामको फेसबुक आईडीबाट आफू ब्रिटिस लाहुरे हुँ भनी विभिन्न आश्वासन दिँदै महिलालाई साथी बनाएर रकम तथा सुनका गरगहना लिई सम्पर्क बिहीन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वर चोकबाट उनलाई पक्राउ गरेको हो । 

धरान निवासी एक महिलाको सुनको सिक्री, सुनको औंठी तथा नगद ५ लाख रुपैयाँ लिई २ महिना अगाडि फरार भएका उनको साथबाट सुनको सिक्री, औंठी बरामद भएको उक्त परिसरले जनाएको छ । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप