शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विधान र आचारसंहिता विपरित विभाग गठन गर्न थालिएको भन्दै पौडेल पक्षको आपत्ति

बिहीबार, ०१ साउन २०७७, १७ : ०५
बिहीबार, ०१ साउन २०७७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी विधान र आचारसंहिता विपरित पार्टीका विभागमा नियुक्ति भइहहेको भन्दै आपत्ति जनाएको छ । बिहीबार नेता पौडेल, महामन्त्री सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको निर्वाचन समितिलाई संयुक्त हस्ताक्षरसहितको पत्र निर्वाचन समितिलाई बुझाएका हुन् ।

विभागहरुमा भइरहेका नियुक्ति तत्काल रोक्न र यसअघि भइसकेकाहरुको बदर गर्न माग गरिएको पत्रमा उल्लेख छ ।

अहिले पनि निर्वाचनको सर्वमान्य मान्यता एवम् आचारसंहिताको विपरीतका कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशयसमेतबाट प्रेरित रहेको पौडेल पक्षको आरोप छ ।

चार वर्ष कार्यकालका लागि निर्वाचित कार्यसमितिको कार्यकाल गत फागुन महिनामा समाप्त भएपछि ‘असाधारण परिस्थिति’ भन्दै थपिएको अधिकतम एक वर्षको कार्यकाल पनि पाँच महिनामा लागिसकेको छ । 

पार्टी विधानमा सबै तहमा गठन गर्ने भनिएका विभाग, समिति, विभिन्‍न निकायहरु महाधिवेशन सम्पन्‍न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ ।

तर, सभापति शेरबहादुर देउवाले कार्यकाल सकिनै लाग्दा गत फागुन १६ र १९ गते केही विभागमा प्रमुख नियुक्ति गरेका थिए । 

पौडेल पक्षले विरोधका बीच एकलौटी रुपमा विभाग गठन गरेका थिए । अहिले विभाग प्रमुखहरुले सदस्यहरु नियुक्ति गर्न थालेपछि पौडेल पक्षले फेरि विरोध जनाएको छ ।

एउटा विभागमा ५० जना सदस्य राख्‍न पाउने व्यवस्था छ । यसले ठूलो संख्यामा कार्यकर्ता प्रभावित हुँदा महाधिवेशनमा प्रभाव गर्नभन्दै पौडेल पक्ष विरोधमा उत्रिएको हो । 

विधि पद्दति मिचेर हाल गठन भएका र भइरहेका उक्त विभागहरु अस्वीकार्य रहेको पौडेल पक्षको भनाइ छ । 

विधान एवं अचारसंहिता विपरीतका मनोनयन र नियुक्तिहरु स्वीकार नगर्न पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता एवं शुभेच्छुकहरुलाई पौडेल पक्षले आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप