शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राउतद्वारा मृतकका परिवारलाई ५/५ लाख सहयोग

बिहीबार, ०१ साउन २०७७, १५ : ३१
बिहीबार, ०१ साउन २०७७

जनकपुर।  प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न घटनाबाट ज्यान गुमाएका तीन जनाको परिवारजनलाई ५/५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । 
प्रदेश सरकारले बिहीबार विभिन्न घटना क्रममा ज्यान गुमाउनु परेकाका परिवारलाई ५/५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारीको बेला सरकारले घोषणा गरेको लकडाउनको क्रममा धनुषाको जटही सिमानाका स्थित दशगजजा क्षेत्रमै मुलुकमा प्रवेश गर्न नपाइ भोककै कारण ज्यान गुमाएका शहीदनगर नगरपालिका वडा नम्बर ९ का वीरेन्द्र गुरमैता यादवको परिवारलाई प्रदेश सरकारले ५ लाख सहयोग गरेको छ । 

यस्तै प्रहरी हिरासतमा रहस्यमयरुपमा मृत्यु भएका सबैला नगरपालिका वडा नम्बर १२ का शम्भु सदा र प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशन कक्षमा उपचार अभावमा मृत्यु भएका हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई पनि मुख्यमन्त्री राउतले ५/५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

मुख्यमन्त्री राउतले पीडित परिवार प्रति समवेदना ब्यक्त गर्दै प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गराएको बताए । साथै घटनामा दोषी देखिएकाहरु माथि कारबाहीको लागि प्रदेश सरकारले सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप