केन्द्रीय संस्करण

अभिनेत्री स्वेता खड्का माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त

person explore access_timeसाउन १, २०७७ chat_bubble_outline0

काठमाडौं । माछापुच्छ्रे बैंकले अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।  बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनमाको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो । 
माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका खड्काले सझौतापत्रमा हस्ताक्षर गरे । 

अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एंव अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुच पुग्ने बिश्वास बैंकले लिएको छ । 

नायिका खड्काले २० बर्ष लामो इतिहास बोकेको बैंकसँग ब्रान्ड एम्बासडरको रुपमा आवद्ध हुन पाउँदा आफूलाई खुसी लागेको बताउँदै आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् । 

बैंकले देशभरका आफ्ना १५९ वटा शाखामार्फत अत्याधुनिक बैंकिङ सेवा प्रवाह गर्दै आएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.