बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गरियो

बिहीबार, ०१ साउन २०७७, १२ : ४८
बिहीबार, ०१ साउन २०७७

रौतहट । रौतहटमा कोरोना संक्रमणबाट मृत्यु भएका युवाको राष्ट्रिय धुन र सलामीसहित शव व्यवस्थापन गरिएको छ । इन्द्रबक्स गण पुरेनवाका प्रमुख कर्णेल सामन्तध्वज खाँडको सैनिक टोलीले शव व्यवस्थापन गरेको हो । 
परोहा ७ नरकटिया गाउँका ३८ वर्षीय संक्रमित युवाको बुधबार उपचारका क्रममा नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको थियो । 

केही बर्षदेखि भारत बैंगलौरमा रहेर काम गरिरहेका युवक गत असार २४ गते घर फर्केका थिए । बैंगलौरबाट आउनासाथ उनलाई परोहा ३ तेजापाकड स्थित आधरभूत विद्यालयको क्वारेन्टिानमा राखिएको थियो । असार २८ गते स्वास प्रश्वासको समस्या देखिएपछि उनलाई सोही दिन उपचारका स्वास्थ केन्द्रमा हुँदै थप उपचारका लागि २९ गते नारायणी अस्पताल वीरगंज पठाइएको थियोे ।

सोही अस्पतालमा उपचारका क्रममा असार ३१ गते बिहान स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको र अपरान्ह उनको निधन भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

यसअघि रौतहटको फतुवा बिजयपुरका २४ बर्षिय युवकको पनि कोरोना संक्रमणबाट ज्यान गएको थियो । असारसम्म रौतहटमा ४ महिला र ७२ पुरुष गरि कुल ७६ जना कोरोना संक्रमितलाई आईसोलेसनमा राखेर उपचार भैरहेको छ । 
जिल्लाबाट हालसम्म एकहजार दुईसय १६ जना मानिस कोरोना भाइरस जितेर घर फर्केका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप