बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी विदेशमन्त्री पोम्पेओले किन गर्दैछन् बेलायत र डेनमार्कको भ्रमण ?

बिहीबार, ०१ साउन २०७७, १२ : १०
बिहीबार, ०१ साउन २०७७

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आगामी हप्ता संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणमा जान लागेका छन् । आगामी हप्ताको शुरुमै उनी त्यसतर्फ जान लागेको बुधबार अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । 

पछिल्लो समयमा चीन र हङ्कङ्मा विकास भइरहेको परिस्थितिको बारेमा आवश्यक छलफल गर्नका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओ युरोपका ती दुई देशको भ्रमणका लागि जान लागेका हुन् । 

उनले भनेका छन्,– आगामी हप्ता नै छोटो भ्रमणका लागि म संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणका लागि जान लागेको छु र मैले त्यहाँ चीन र हङ्कङ्का विषयमा छलफल गर्नेछु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप