शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब सलमान र शाहरुख एकसाथ आए, फिल्मले रच्यो इतिहास !

बिहीबार, ०१ साउन २०७७, १० : ०७
बिहीबार, ०१ साउन २०७७

एजेन्सी – बलिउडका दुई सुपरस्टार सलमान खान र शाहरुख खानबीचको सम्बन्धलाई लिएर अनेक प्रकारका नामहरु दिने गरिन्छ । जब–जब यी दुई फिल्ममा एकसाथ देखिए तब फिल्मले नयाँ इतिहास रच्यो । त्यसैले पनि यो दुईबीचको साथीत्वलाई लिएर पनि निकै चर्चा गर्ने गर्छन् । फिल्ममा मात्र होइन वास्तविक जीवनमा पनि निकै गहिरो साथीको सम्बन्ध रहेको यी दुई खानबीच कुनै समय दरार नै पैदा भएको थियो । दुवै एक अर्कालाई पराई व्यवहार गर्न थालेका थिए । तर, केही वर्षपछि पुनः यी दुईबीच सम्बन्धमा सुधार आएको भारतीय सञ्चारमाध्यमहरु उल्लेख गर्छन् । 

यी दुईले बलिउडमा ९० को दशकमा पाइला राखेका थिए । बलिउडमा आएसँगै यी दुईबीच गहिरो साथीको सम्बन्ध बनेको थियो । साथमा उनीहरुले निकै चर्चित फिल्ममा पनि काम गरे । 

करण–अर्जुन 
राजेश रोशनको निर्देशनमा बनेको यो फिल्म आज पनि उत्तिकै चर्चित छ । शाहरुख र सलमानको यो आइकोनिक फिल्मको दमदार डाइलग र सुपरहिट गीतहरु आज पनि करोडौंको ओठमा झुण्डिएको छ । सन् १९९५ को जनवरी १३ मा रिलीज भएको यो फिल्म निकै सफल भएको थियो । 

कुछ–कुछ होता है
करण जौहरको यो फिल्मको नाम नसुन्ने व्यक्ति कमै होलान् । यो फिल्मले यति चर्चा कमायो कि आज पनि यो फिल्मका डाइलग, गीत उत्तिकै चर्चित छन् । सन् १९९८ कै सबैभन्दा बढी कमाई गर्न सफल यस फिल्ममा सलमानको भूमिका कम भएता पनि उनलाई निकै रुचाइयो भने शाहरुख र काजोलको जोडी पनि उत्तिकै दर्शकको दिलमा बस्न सफल भयो । 

हम तुम्हारे है सनम
सन् २००२ मा रिलीज भएको फिल्म ‘हम तुम्हारे है सनम’ मा सलमान र शाहरुखको जोडी पुनः एकपटक पर्दामा छायो । यसले पनि सलमान र शाहरुख एकसाथ फिल्ममा देखिएपछि कति चर्चा पाउँछ भन्ने शावित गरिदियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप