केन्द्रीय संस्करण
कारोनाभाइरस

कोरोना महामारीले निम्ताउँदैछ विश्वव्यापी खाद्य संकट

२५ करोडभन्दा धेरै मानिस भोकमरीको चपेटामा पर्ने आँकलन

person explore access_timeसाउन १, २०७७ chat_bubble_outline0

आरिफ हुसैन

कोरोनाभाइरसको महामारी र यसका क्रुर आर्थिक असरहरुले आगामी विश्वव्यापी अनिकाल निम्त्याउने तय छ । पछिल्ला चार वर्षमा द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक अस्थिरताले भोकमरीबाट ग्रस्त व्यक्तिको संख्या ८ करोडबाट १३ करोड ५० लाखसम्म पु-याएकोे थियो । महामारीले थप १३ करोडभन्दा बढी जनसंख्यालाई आगामी डिसेम्बरसम्म यस्तो अवस्थामा पु-याउनसक्छ । सन् २०२० मा समग्रमा २५ करोडभन्दा धेरै मानिस भोकमरीको चपेटामा हुनसक्छन् । 

बढ्दो भोकमरी

कोरोनाभाइरस महामारी र यससँगै आउने बेरोजगारी, घट्दो निर्यात र युद्धजस्ता पक्षले दशौँ लाख व्यक्तिलाई यसै वर्ष भोको बनाउनसक्छ । अनौपचारिक अर्थतन्त्रमा काम गर्ने कामदार र सेवा तथा उत्पादन क्षेत्रमा काम गर्नेहरु विशेषगरी जोखिममा छन् । लम्ब्याइएका लकडाउनका क्रममा धेरै अहिल्यै जागिर गुमाउने अनुभव गरिसकेका छन् – विश्वव्यापी श्रम शक्तिको ९४ प्रतिशत हिस्सा ती देशमा बस्छ, जहाँ कार्यस्थलहरु बन्द गरिएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनकाअनुसार अप्रिल, मे र जुनमा महामारीका कारण घटेको ‘वर्किङ आवर्स’ ३० करोड ५० लाख पूर्णकालिन जागिर बराबर हुनसक्छ ।


पहिल्यै जलवायु संकट र आर्थिक अस्थिरताको घेरामा परेका देशमा महामारीले भोकमरीलाई थप भयावह बनाउँदैछ । जिम्बाबेमा ३६ लाख जनताले डिसेम्बरमै भोकमरी सामना गरिरहेका थिए । हाम्रो तथ्याङअनुसार मार्चसम्म यो संख्या ८९ लाख पुगेको छ किनकी यहाँ अति खडेरी र आर्थिक संकट छ । 


बढी के छ, अमेरिका, रुस र गल्फ राष्ट्रजस्ता प्रमुख अर्थतन्त्रमा भएको अर्थतन्त्रको कमी र रोजगारी कटौतीले ठूलो रुपमा वैदेशिक रेमिट्यान्समा निर्भर धेरै देशका लागि गम्भीर छ, यसले ठूलो रुपमा उनीहरुको खाद्य सुरक्षालाई चुनौति दिएको छ ।

हैटीमा रेमिट्यान्सले (प्रमुख रुपमा अमेरिकाबाट आउने) सकल घरेलु उत्पादनको झन्डै ३७ प्रतिशत हिस्सा ओगट्छ । नेपालमा जिडिपीको २७ प्रतिशत हिस्सा रेमिट्यान्सले ओगट्छ, कूल रेमिट्यान्सको ६७ प्रतिशत गल्फ देशमा काम गर्ने आप्रवासी कामदारबाट आउँछ । र, ताजकिस्तान, रेमिट्यान्स जिडिपीको २८ प्रतिशत छ, त्यहाँ ७६ प्रतिशत रेमिट्यान्स रुसमा काम गर्ने कामदरबाट आउँछ ।

विश्व बैंकका अनुसार जब आयोजक देशको अर्थतन्त्र प्रभावित हुन्छ, तब यस वर्ष कम तथा मध्यम आय भएका देशमा जाने रेमिट्यान्स १९ दशमलव ७ प्रतिशत सम्मले खस्कनसक्छ ।

यो केवल रेमिट्यान्सको कुरा होइन । महामारीको प्रभावस्वरुप क्रुड तेलको निर्यातमा निर्भर भेनेजुयला, एंगोला र नाइजेरियाजस्ता देशले पनि खराब विश्वव्यापी भोकमरी व्यहोर्नेछन् । तेलको मुल्य अप्रिलको तेस्रो साता खस्कियो, जब बजारले महामारीका घटनाक्रमले निम्त्याएको आर्थिक कठोरता महसुस ग-यो । 

भाइरसले प्रमुख यातायातलाई स्थगित गरेको छ र हवाई  उद्योगलाई ग्राउन्डेड गरेको छ, जो क्रुड तेलको मुख्य उपभोक्ता हो । र, अपेक्षित विश्वव्यापी मन्दीले औद्योगिक क्षेत्रलाई थप सानो बनाउनेछ, जो तेलको अर्को ठूलो प्रयोगकर्ता हो, माग थप कटौती हुनेछ ।

भेनेजुयलाले निर्यात गर्ने वस्तुमध्ये क्रुड तेलको हिस्सा ८४ प्रतिशत छ, एंगोलामा यसको हिस्सा ९६ प्रतिशत र नाइजेरियामा ९४ प्रतिशत छ ।

तेलमा निर्भरताका कारण मूल्य घट्दा उनीहरुको पूर्वाधार, स्वास्थ सेवा र आयमा लगानी कम हुनेछ र परिस्थितीले भोकमरी बढाउनेछ । 

निर्यात राजश्व र देशमा भित्रने रेमिट्यान्स घट्दा इथिपोपिया, लेबनान, मलावी र सोलोमन आइल्यान्डस्जस्ता खाद्यान्न आयात गर्ने देशमा ठूलो चुनौती सिर्जना हुनेछ, यसले उनीहरुलाई आयातको बिल तिर्न मुस्लिक पर्नेछ, ठूलो रुपमा मुद्राको भाउ घट्ने र मुल्यवृद्धी हुने खतरा रहन्छ ।


महामारीले खाद्य आपुर्ति चक्रमा अवरोध पु-याएसँगै युद्ध क्षेत्रमा थुनिएका व्यक्तिहरु, जो झन्डै पुरापुर रुपमा मानवीय सहायताको भरमा बसेका छन्, उनीहरु भयावह अवस्थामा पुग्नेछन् । सन् २०१९ को अन्त्यमा सिरियामा झन्डै ६६ लाख मानिसहरु अति भोकमरीमा बाँचिरहेका थिए, हाम्रो तथ्याङ्कअनुसार थप २७ लाख जनता यस वर्षको पहिलो तीन महिनामा ती मानिसहरुकै अवस्थामा पुगेका छन् ।


घट्दो बजारमा इन्धन निर्यातमा निर्भरता

एंगोला र दक्षिण सुडानजस्ता देश पनि इन्धन निर्यातमा निर्भर छन्, यहाँ ठूलो हिस्सा भोकमरीमा छ । इन्धनको बजार घटेसँगै उनीहरुको अर्थतन्त्र पनि जोखिममा पर्नसक्छ । र, यहाँ युद्ध चलिरहेको छ ।

महामारीले खाद्य आपुर्ति चक्रमा अवरोध पु-याएसँगै युद्ध क्षेत्रमा थुनिएका व्यक्तिहरु, जो झन्डै पुरापुर रुपमा मानवीय सहायताको भरमा बसेका छन्, उनीहरु भयावह अवस्थामा पुग्नेछन् । सन् २०१९ को अन्त्यमा सिरियामा झन्डै ६६ लाख मानिसहरु अति भोकमरीमा बाँचिरहेका थिए, हाम्रो तथ्याङ्कअनुसार थप २७ लाख जनता यस वर्षको पहिलो तीन महिनामा ती मानिसहरुकै अवस्थामा पुगेका छन् ।

यसको अर्थ ९३ लाख सिरियालीहरु खाद्यान्नको उच्च मुल्य, बेरोजगारी र ध्वस्त स्वास्थ प्रणालीसँग संघर्ष गरिरहेका छन् ।  मंगलबार सिरियाली पाउन्डको मुल्य किर्तिमानी रुपमा कम भएर कालोबजारमा १ डलर बराबर ३ हजार थियो ।

झन्डै ३२ प्रतिशत सिरियालीहरुले कम खाना खान्छन् वा छाक छल्छन् । हाम्रो अनुमानले यो संकेत गर्छ कि युद्ध र महामारीको प्रभावका कारण सिरियाको थप ५ लाख जनसंख्या वर्षको अन्त्यसम्म भोकमारीमा जान बाध्य हुनेछ ।

पहिल्यै जलवायु संकट र आर्थिक अस्थिरताको घेरामा परेका देशमा महामारीले भोकमरीलाई थप भयावह बनाउँदैछ । जिम्बाबेमा ३६ लाख जनताले डिसेम्बरमै भोकमरी सामना गरिरहेका थिए । हाम्रो तथ्याङअनुसार मार्चसम्म यो संख्या ८९ लाख पुगेको छ किनकी यहाँ अति खडेरी र आर्थिक संकट छ ।  भाइरसविरुद्ध लड्न लागु गरिएको लकडाउनले अन्यत्रझैं जिम्बाबेमा पनि अनौपचारिक क्षेत्रलाई थला पारिदिएको छ । डिसेम्बरमा ११ प्रतिशत रहेको आधिकारीक बेरोजगारी दर लकडाउनपछि आश्चर्यजनक रुपमा वृद्धि भएर ९० प्रतिशतमा पुगेको छ ।

मध्य मेसम्म झन्डै ५६ लाख जिम्बेबाका जनताहरु आफ्नो खाना कम गर्न वा छाक छल्न संघर्षरत थिए । र, बेरोजगारीका कारण क्रय शक्तिको कमी र घट्दो रेमिट्यान्सका कारण कम्तिमा थप ८ लाखजना वर्षको अन्त्यमा खाद्य असुरक्षित हुनेछन् ।

खाद्य आयातमा भर पर्दा जोखिम

खाद्यान्न आयातमा उच्च रुपमा निर्भर अफगानिस्तान र हैटीजस्ता देशमा भोकमरीको अनुभव गर्ने व्यक्तिहरुको संख्या पनि उच्च नै छ ।  इतिहासदेखि नै जब मानिसले युद्ध, प्राकृतिक विपद् र थाम्न नसकिने भोकमरी भोगेका छन्, उनीहरुले सुरक्षा, खाद्यान्न र अवसर फेला पार्ने आशमा बसाई–सराई गरेका छन् । यो आजको यर्थाथ हो ।

त्यहाँ उच्च सम्भावना छ कि हामीले चाँडै शरणार्थीको लहर देख्नेछौं, जो कोरोना भाइरसको आर्थिक असरले बाध्य भएपछि देश छाड्ने र अमेरिका वा युरोप पुग्ने प्रयासमा हुनेछन् ।  युरोपमा सिरियाली शरणार्थी र अमेरिकाको सीमामा सेन्ट्रल अमेरिकी शरणार्थी मानिसहरुले आफ्नो घरमा केही बाँकी नरहेपछि स्तरीय जीवनका आशामा कठिन यात्रा गर्नेछन् भन्ने ताजा उदाहरण हुन् । भोकमरी एक प्रतिशतले बढ्दा शरणार्थीको बहाव १ दशमलव ९ प्रतिशतले बढ्छ भनेर विश्व खाद्य कार्यक्रमको विश्लेषणले देखाउँछ । जब भोकमरी झन्डै ५० प्रतिशतले बढ्ने तय छ, तब विश्वव्यापी बसाई–सराईको परिमाण बिरलै अन्दाज गर्न सकिन्छ । संकट खाद्यान्न उपलब्धताबारे होइन, यो खाद्यान्नमा भौतिक र आर्थिक पहुँचबारे हो । महामारीले दुबैलाई खराब गरिदिएको छ, व्यापारिक परिवाहनलाई धेरै खाले दबाबअन्तर्गत राखेको छ र क्रय शक्ति घटाएको छ । अब सरकारले सुनिश्चित गर्न जरुरी छ कि खाद्यान्नको उत्पादन र आपुर्ति अवरुद्ध छैन ।

यदी किसानले रोप्न वा हुर्काउन सक्दैन, यदी बिऊ र मल उपलब्ध छैन, यदी कृषी उत्पादन बजारमा पुग्न सक्दैन, यसले गम्भीर खाद्य संकट निम्त्याउँछ ।

जीवन बचाउन र जीविका रक्षा गर्नका लागि विश्वव्यापी सामुहिक कदममार्फत हामीले आगामी भोकमरी संकटलाई खराब हुनबाट जोगाउन सक्छौँ । द्वन्द्वको राजनीतिक समाधान, जलवायुलाई जमिनमा अपनाउने  र आर्थिक असमानता हटाउने कामले उदार समुदाय र राष्ट्रको निर्माणका लागि एक लामो बाटो तय गर्नेछ ।

(आरिफ हुसैन संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमका प्रमुख अर्थशास्त्री तथा अनुसन्धान, मुल्याङकन र नियगमन निर्देशक हुन् । )

अनुवाद – अन्वेषण अधिकारी ( द न्युर्योक टाइम्सबाट)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.