मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबारको मौसम पूर्वानुमान

बिहीबार, ०१ साउन २०७७, ०७ : ३८
बिहीबार, ०१ साउन २०७७

जल तथा मौसम विज्ञान विभागले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ । 

पूर्वानुमानमा उल्लेख भए अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ। 

यसैगरी, देशभर आँशिकदेखि  सामान्य बदली रही एक÷दुई  स्थानहरुमा हल्का वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ । 
 
बिहीबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ । 

त्यस्तै, राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । 

र, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप