शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट रौतहटमा एक युवकको मृत्यु

बुधबार, ३१ असार २०७७, २१ : २५
बुधबार, ३१ असार २०७७

रौतहट । रौतहटस्थित कोभिड १९ कोरोना संक्रमणको कारण  एक युवकको मृत्यु भएको छ । यसका साथै कोरोना भाइरसबाट रौतहटमा  मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि फतुवा बिजयपुर नगरपालिकाका एकजना युवाको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

बुधवार कोरोनाको कारण मृत्यु हुनेमा परोहा नगरपालिका वडा ७ का ३६ बर्षीय युवक रहेका छन् । गत २४ गते भारतको बैंगलोरबाट उनी घर आएका थिए । लगतै उनलाई परोहा स्थित आधारभुत बिधालयमा रहेको क्वारेन्टाईनमा राखिएको थियो ।

दुई दिन अघि गत २९ गते उक्त युुवाको स्वास प्रश्वासमा समस्या आएपछि उनलाई थप उपचारका लागी नारायणी अस्पताल बिरगञ्ज पठाइएको थियो । उपचारको क्रममा बुधवार दिउँसो साढे २ बजे मृत्यु भएको र स्वाब परिक्षण कोरोना पोजिटिभ आएको जिल्ला स्वास्थ केन्द्रका प्रमुख महेश साहले जानकारी दिए ।

यसैबीच मृतकको शव ल्याउन ईन्द्रबक्स गणका प्रमुख नेपाली सेनाका कर्णेल सामन्तध्वज खाँण नारायणी अस्पताल बिरञ्गजतर्फ लागेका छन् ।

कोरोना पोजेटिभको सतगत नेपाली सेनाको जिम्मा भएकाले उनले मृतकको शव आजै राति ल्याउने र परोहा नगरप्रमुख शेख वकिलको सलाह अनुसार गाडिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप