शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक लाख घुस लिँदालिँदै समातिए इन्जिनियर

बुधबार, ३१ असार २०७७, २१ : ०८
बुधबार, ३१ असार २०७७

पोखरा । घुस लिँदालिँदै बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले उनलाई पोखराको जिरो किमीबाट रंगेहात समातेको हो ।

कास्की बस्दै आएका इञ्जिनियर मिलन अधिकारीलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएकाे अख्तियारको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताए । 
आर्थिक वर्ष सकिनै लागेको बेलामा सेवाग्राहीसँग योजना मिलाइ दिएको बहानामा घुस लिएको अभियोगमा उनलाई समातिएको हो ।  उनले १ लाख रुपैयाँ घुस लिएका थिए ।

विशेष सूचनाको आधारमा उनलाई समातेको प्रवक्ता रिजालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप