बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रज्ञा प्रतिष्ठानद्वारा ३ वटा नयाँ पुरस्कार स्थापना

बुधबार, ३१ असार २०७७, १८ : ४७
बुधबार, ३१ असार २०७७

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आर्थिक वर्ष २०७६/०७७ मा तीनवटा नयाँ पुरस्कार स्थापना गरेको छ । प्रतिष्ठानले नेपाल प्रज्ञालङ्कार, भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य र नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरेको हो । विगतमा स्थापना भएका पुरस्कारहरुलाई कायमै राखेर प्रतिष्ठानले नयाँ पुरस्कारहरु स्थापना गरेको हो । 

नेपालको गौरबलाई वाङ्मयका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न योगदान पु¥याउने विदेशी नागरिकलाई प्रत्येक तीन वर्षमा दिने गरी नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापना गरिएको छ । सो पुरस्कारको राखी ३ हजार अमेरिकी डलर बराबरको नेपाली रकम नगद पदक र प्रमाणपत्र रहेको छ । यस्तै नेपाल बाहिर रहेर साहित्यमा विशिष्ट योगदान गर्ने नेपाली मूलका स्रष्टाहरुलाई प्रत्येक दुई वर्षमा प्रदान गर्नेगरी भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कारको स्थापना भएको छ । 

त्यस्तै, नेपाली भाषा साहित्यको अन्य भाषामा र अन्य भाषाको नेपाली भाषामा अनुवाद गर्ने अनुवादकलाई दुई प्रर्षमा प्रदान गर्ने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरिएको छ । दुबै पुरस्कारको राशी २ लाख नेपाली रुपैयाा नगद, पदक र प्रमाणपत्र रहेको छ । 

प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव २०७७ कोभिडका कारण गर्न सकेको छैन् । प्रतिष्ठानले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार महोत्सवका लागि प्राप्त भएका ५ सय २ वटा कविताहरु सिलबन्दी र लाहाछाप गरि सुरक्षित रहेका छन् । कोरोना महामारीपछिको अवस्था सामान्य भएपछि समुचित मूल्याङ्कन गरी पुरस्कार वितरण गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले नेपाल शब्दकोशको मोबाइल एप निर्माण गर्दै परिमार्जित संस्करण प्रकाशन गरेको छ । गत माघमा राष्ट्रिय गजल महोत्सव समेत सम्पन्न गरेको छ । यस्तै कोरोना नियन्त्रणका लागि प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव लगायत सम्पूर्ण कर्मचारीको तर्फबाट ७ लाख २९ हजार ५ सय ७३ रुपैयाँ कोरोना नियन्त्रण कोषमा जम्मा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप