बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुखविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

बुधबार, ३१ असार २०७७, १५ : ४८
बुधबार, ३१ असार २०७७

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले फर्जी हस्ताक्षरबाट बहुमत पुर्याएर नगरसभा सम्पन्न गरेको भन्दै करिब दर्जन वडाध्यक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । नगरप्रमुख लालकिशोर साहले प्रचलित कानूनको बेवास्ता गर्दै कानून विपरीत नगरसभा सम्पन्न गरेको आरोपमा वडाध्यक्षहरुले बुधबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

उपमहानगरपालिकाको हिसाबकिताब पारदर्शी गर्न र कानूनी राज्यको पालना गराउन बारम्बार आग्रह गर्दा समेत नगरप्रमुख साहले कानून विपरित मनोमानी ढंगले बहुमत नै नपुर्याई नगरसभा सम्पन्न गरेकाले उनी विरुद्ध अदालतमा नगरसभा रद्दको माग गर्दै उत्प्रेषणको मुद्दा दर्ता गराएको जनकपुरधाम उपमहानगरापालिका–९ का वडाध्यक्ष परमेश्वर साहले बताए । नगरप्रमुख साहले मध्यरातको समयमा कानूनी मूल्य मान्यता विपरित नगरसभा सम्पन्न गरेर सम्पूर्ण नगरवासीलाई छलछाम र षड्यन्त्र गर्दै ठगेको आरोप वडाध्यक्ष साहले लगाए ।

आफूहरुले सभा रद्द हुनुपर्ने माग दावीसहित सर्वोच्चमा उत्प्रेषण मुद्दा दायर गरेको वडानम्बर ७ का वडाध्यक्ष जानकीराम साहले जानकारी दिए । वडाध्यक्ष जानकीराम साह, सदस्य नाजिर हुसैन र स्वयं लगायत ३ जनाले निवेदन दिएको वडाध्यक्ष साहले बताए । जनकपुरधाम उपमहानगरपालिकाले ५ आँैं नगरसभा अधिकांश वडाध्यक्षहरुको असन्तुष्टिका बावजूद असार १० गते मध्यरातमा सम्पन्न भएको घोषणा गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप