शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सवारी चालक, पार्टी प्यालेस सञ्चालक हुँदै सर्प विज्ञ

बुधबार, ३१ असार २०७७, ०७ : २३
बुधबार, ३१ असार २०७७

बन्दाबन्दीले होटल व्यवसाय, पार्टी प्यालेस विगत चार महिनादेखि बन्द छन् । सञ्चालक र कर्मचारी कामविहीन छन् । उनीहरुलाई फुर्सदै फुर्सद छ तर भरतपुर महानगरपालिका ४ छहारी बसपार्क नजिकै रहेको पार्टी प्यालेस सञ्चालक यमलाल भण्डारीलाई भने भ्याई नभ्याई छ । उनको यो भ्याई नभ्याई पार्टी प्यालेसभन्दा भिन्न कामको लागि हो । कहीँ कतै सर्प देखियो भने उनलाई बोलाइन्छ । लकडाउनको समयमा मात्र उनले ६४ वटा सर्प समातेर नजिकैको जङ्गल क्षेत्रमा छोडे । ती मध्ये तीन वटा अजिङ्गर थिए ।

बाध्यवाधन, गायनसँगै गाउँघरमा कलाकारको भूमिकासमेत निर्वाह गर्ने भण्डारीको एक दशकअघिसम्म मुख्य पेशा सवारी चालक थियो । त्यसपछि उनी पार्टी प्यालेससँग जोडिए । भजने भण्डारी, टुप्पी भण्डारी भनेर चिनिने उहाँ यतिबेला पार्टी प्यालेसका सञ्चालक भन्दा सर्प समात्ने भण्डारीको रुपमा परिचित भइसकेका छन् ।

चार वर्ष अघि भरतपुर ४ को एक जुस पसल नजिकै सेना, प्रहरीसहित सरकारी कर्मचारीको ठूलो उपस्थिति थियो । एउटा अजङ्गको अजिङ्गर पसलबाट निस्केर नजिकैको परालको टौवामा पसेको रहेछ । त्यहाँ जाने आँट कसैले नगरिरहेको बेला भण्डारीले पराल तान्दै गर्दा अजिङ्गरको टाउकोमै समात्न पुगेछन् ।

अचानक सर्पको टाउको समात्दा उहाँको सात्तो उडेको थियो । उनले त्यो स्मरण गर्दै भने, “डरत्राससँगै अनायसमै सर्प समात्न पुगेछु । अनायसमा भएको उक्त कामले म बेहोस जस्तै थिए । पछि भण्डारीले अजिङगर समात्यो भन्ने सुनेपछि म झल्यास्स भएँ । अनि त्यो अजिङ्गरलाई बोरामा राखेर वन कार्यालयको जिम्मा लगाइयो । त्यो अजिङ्गर २८ किलोग्राम तौलको थियो ।” अर्को वर्ष सोही ठाउँमा अर्को अजिङ्गर फेला प¥यो, त्यो पनि वन कार्यालयको जिम्मा लगाएपछि भण्डारीले सर्प समात्छ भनेर हल्ला चल्न थाल्यो । अहिले जताततैबाट सर्प देख्यो कि बोलाउने गर्छन् ।”

उनी आफूलाई सर्प विज्ञ र विशेषज्ञ नभई सर्पको संरक्षणको काम गर्ने व्यक्ति भनेर चिनिदिन अनुरोध गर्छन् । र, भन्छन् सर्प धेरै थरिका हुन्छन तर, धेरै थोरै मात्र विषालु हुन्छन् । विषालु सर्प प्रकृतिको लागि आवश्यक छन् त्यसैले सर्पलाई मार्न हुँदैन ।

बितेको चार वर्षको अवधिमा भण्डारीले पाँच सयभन्दा बढी सर्पलाई समातेर उनीहरुलाई उपयुक्त वासस्थानमा छोड्नु भएको छ । तीमध्ये पाँच वटा किङ कोब्रालाई चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा, अजिङ्गरहरुलाई वन र निकुञ्ज कार्यालयको जिम्मामा र अन्य सर्पलाई समातिएको एक किलोमिटरको क्षेमा लगेर छोडेको उनी बताउँछन् ।

सुरुका दिनमा भण्डारीलाई सर्पको जात र त्यसको विषालु पन, आनीबानीको बारेमा केही थाहा थिएन । सर्प विशेषज्ञ डा. देव पाण्डे र सुनिल सापकोटासँग सर्पको बारेमा सिके । यूट्यूब र सर्पसम्बन्धी पुस्तकबाट यस बारेमा जानकारी लिए । दुई वर्ष यता कतिपय स्थानमा उनी डा. पाण्डेलाई लिएर जाने गरेका छन् भने कतिपय ठाउँमा उनी एक्लै पुग्ने गरेका छन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप