मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या २ लाखको हाराहारीमा

मङ्गलबार, ३० असार २०७७, २२ : २३
मङ्गलबार, ३० असार २०७७

एजेन्सी । बङ्गलादेशमा मङ्गलबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाखको नजिक पुगेको छ । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये आधाभन्दा बढी व्यक्ति निको भई घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा बङ्गलादेशमा थप तीन हजार १६३ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसीमा सुल्तानाले ढाकामा मङ्गलबार नियमित पत्रकार भेटमा भने– ‘देशभरी गत २४ घण्टामा तीन हजार १६३ जना सङ्क्रमित बनेका र ३३ सङ्क्रमितको मृत्यु भएकोे छ ।’

विगत २४ घण्टाभित्र निको भई घर फर्किनेको सङ्ख्या चार हजार ९१० रहेको र अहिलेसम्म कूल सङ्क्रमितमध्ये एक लाख तीन हजार २२७ जना निको भई घर फर्किएका उनले बताए । यसरी हेर्दा बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या ५४.३१ प्रतिशत रहेको छ ।

उनले भने, ‘मङ्गलबारसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख ९० हजार ५७ रहेको छ भने मृत्यु सङ्ख्या दुई हजार ४२४ रहेको छ ।’ बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित विरामीको मृत्युदर १.२८ प्रतिशत रहेको उनले बताए । बङ्गलादेशमा विगत २४ घण्टामा शङ्कास्पद १३ हजार ४५३ नमूना परीक्षण गरिएको थियो । 

अहिलेसम्मको तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या जुलाई २ मा चार हजार १९ रहेको र सबैभन्दा बढी मृत्यु सङ्ख्या जुन ३० मा ६४ व्यक्ति रहेको सुल्तानाले पुष्टि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप